ठेक्कापट्टामा लागेका अधिकृतविरुद्ध १ करोड ६१ लाख भ्रष्टाचार मुद्धा दायर

ठेक्कापट्टामा जोडिएका एक जना अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । कार्यालयमा हाजिर गरेर छुट्टै निर्माण कम्पनी खडा गरी ठेक्का पट्टा समेत गर्दै आएका नेपाल टेलिकमका अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

यसरी अख्तियारले प्रतिवादी बनाएको अधिकृत हुन निर्मलप्रसाद सिटौला । उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको भेटिएपछि उनलाई अख्तियारले प्रतिवादी बनाएर मुद्धा चलाएको अख्तियारले जनाएको छ । सिटौलाले सूर्यबिनायक धुलिखेल–सिन्धुलीबर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिएको भेटिएपछि अख्तियारले उनलाई भ्रष्टाचार मुद्धा चलाएको हो । सिटौलाले नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानुनी प्रावधान विपरीत एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारले जनाएको छ। आयोगले सिटौलाविरुद्ध एक करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

आर्थिक वर्ष २०६९/०७० देखि काम गरिरहेको, पारिश्रमिक बापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टा समेतमा सामेल भई सो कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक तथा मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ चार रुपियाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप सिटौलालाई लागेको छ ।

सिटौलाले नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानुनी प्रावधान विपरीत एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारले जनाएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१(३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय सञ्चालन गर्न वा बाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत कार्य गरेको आरोप रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बिशेष