२ करोड घुस माग्ने श्रीमान महोत्तरी सरुवा

न्यायपरिषद्को बैठकले दुई न्यायधीशलाई बर्खास्त र एकलाई सचेतनासहित सरुवा गरेको छ । परिषद्को आइतबार बसेको बैठकको सिफारिसमा उच्च अदालतका न्यायाधीश डा नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदमुक्त गरेका हुन् । यस्तै सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ । सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई छुटाउन एमाले निकट वकिल रुद्र पोखरेलसँग घुस बार्गेनिङ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउँदै महोत्तरी सरुवा गरिएको छ । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच तामाङलाई धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो सार्वजनिक भएको थियो ।

बिज्ञापन

कोइरालालाई परिषद्ले सचेत गराउँदै निगरानीमा राख्ने निर्णय गरेको छ। इच्छाराजको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड डिल गरेको अडिओ २०७९ असोजमा बाहिरिएको थियो।

बिज्ञापन

चोलेन्द्र प्रधानन्यायधीश हुँदा उनका नाममा घुस रकम उठाउने गरेको आरोप लाग्दै आएका उच्च अदालतका न्यायधीश नवराज थपलिया निलम्बनमा परेका हुन । बर्ष दिन अघिदेखि थाती राखेको कारवाही आइतबार गरिएको हो । मूल घर नुवाकोट भएका थपलिया नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति समेत हुन । चोलेन्द्रकै कृपाबाट थपलिया न्यायधीशमात्र भएनन्,उच्च अदालत पाटनमा पदस्थापन भएका थिए । पछि त्यहाँबाट सरुवा गरिएको थियो ।

यस्तै अर्का न्ययाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए । भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि गम्भीर न्यायिक विचलनको आरोप लगाउँदै निलम्बन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रिजालद्वारा पदबाट राजीनामा

निलम्बन प्रक्रियामा उपसचिव, कीर्ते प्रकरणमा प्रहरी अनुसन्धानमा तानिए महानिर्देशक

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

बिशेष