२ करोड घुस माग्ने श्रीमान महोत्तरी सरुवा

न्यायपरिषद्को बैठकले दुई न्यायधीशलाई बर्खास्त र एकलाई सचेतनासहित सरुवा गरेको छ । परिषद्को आइतबार बसेको बैठकको सिफारिसमा उच्च अदालतका न्यायाधीश डा नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदमुक्त गरेका हुन् । यस्तै सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ । सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई छुटाउन एमाले निकट वकिल रुद्र पोखरेलसँग घुस बार्गेनिङ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउँदै महोत्तरी सरुवा गरिएको छ । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच तामाङलाई धरौटीमा छुटाउन २ करोडको डिल भएको अडियो सार्वजनिक भएको थियो ।

बिज्ञापन

कोइरालालाई परिषद्ले सचेत गराउँदै निगरानीमा राख्ने निर्णय गरेको छ। इच्छाराजको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड डिल गरेको अडिओ २०७९ असोजमा बाहिरिएको थियो।

बिज्ञापन

चोलेन्द्र प्रधानन्यायधीश हुँदा उनका नाममा घुस रकम उठाउने गरेको आरोप लाग्दै आएका उच्च अदालतका न्यायधीश नवराज थपलिया निलम्बनमा परेका हुन । बर्ष दिन अघिदेखि थाती राखेको कारवाही आइतबार गरिएको हो । मूल घर नुवाकोट भएका थपलिया नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति समेत हुन । चोलेन्द्रकै कृपाबाट थपलिया न्यायधीशमात्र भएनन्,उच्च अदालत पाटनमा पदस्थापन भएका थिए । पछि त्यहाँबाट सरुवा गरिएको थियो ।

यस्तै अर्का न्ययाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए । भारतीय आधार कार्ड लिएकै आधारमा निरौलाले भारतीय नागरिक भन्दै सफाइ दिएपछि उनीमाथि गम्भीर न्यायिक विचलनको आरोप लगाउँदै निलम्बन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

बिशेष