प्रदेश
एक जना हाकिमले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णय नै लत्याइदिएका छन् । तीन महिना अघि नै कार्यालयको प्रमुखको सरुवा अन्यन्त्र गरिए पनि उनी उक्त अड्डा भदौ महिनासम्म नछाड्ने अडानमा छन् । यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेको सरुवाको निर्णय उल्टाइदिने हाकिम हुन रमेश गौतम । गौतम अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत छन् […]
मारवाडी दाजुभाईले देश त लुटेकै थिए तर मारवाडीहरुबाटै म मारवाडी ठगिँए र लुटिएको देख्दा छक्क परि रहेको छु । दुई दशक बढी समय बित्यो जस्तापाताको कारोवार थालेको । यस अघि काका कैलाशचन्द्र कान्छादेवी अग्रवालले सम्हालिरहनुभएको थियो यो व्यवसायको सम्राज्य । उहाँहरुको हत्या भयो । दरवार हत्याकाण्डझैं रहष्यको गर्भमै छन्,को हुन हत्याराहरु । त्यस समयमा भतिज […]
प्रधानमन्त्री प्रचण्ड सत्तामा टिकिरहने नाममा गठबन्धन परिवर्तन भएसँगै प्रदेश संरचनाहरु समेत अस्थिर भए र भत्किए । प्रदेशका सभामुखले नै मुख्यमन्त्रीका लागि मतदान गरेको बिषय अहिले सर्वाेच्चमा पुगेको छ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ शुक्रबारर न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार उनको इजलासमा उक्त मुद्दा दुई […]
लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । कुल ५० जना कर्मचारी माग भएकामा इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पीपीसी ढलानमा अनियमितता भएको भन्दै तथ्य र प्रमाणसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । यसरी अख्तियारले पोलेकामा उपसचिव,अधिकृत छैटौं,बरिष्ठ इन्जिनियर,सब इन्जिनियर,कार्यपालिका सदस्यका अलवा तत्कालीन मेयर र उपमेयरसमेत रहेका छन् । अख्तियारले महोत्तरीको जलेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित […]
बागमती प्रदेश सरकारले भोलि(वैशाख २४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश सरकारी काम काजको भाषाको रुपमा तामाङ र नेपाल भाषाको शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस प्रकरणमा जोडिएका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दाय गरेको छ । अख्तियारले आज विशेष अदालतमा दुई जना कर्मचारी र एक कन्सल्टेन्सी सञ्चालकलाई भ्रष्टाचार मुद्धा दायर गरेको हो । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध […]
सहसचिव तहका कर्मचारीहरुको खटन पटन तथा सरुवाको काम क्याविनेटले गर्दै आइरहेको छ । त्यही क्याविनेटबाट हुने निर्णय पनि कतिसम्म कच्चा देखिन्छ भन्ने एउटा सानो उदाहरण हेरौं :- अघिल्लो साताको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा टुंग्याएको छ । प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरुको खटन पटन गरिएको थियो । त्यही सूचीमा […]
संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ । गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका […]
के सरकारी कर्मचारीले घण्टै पिच्छे हाजिर गर्ने सम्भव हुन्छ ? त्यो पनि सेवाग्राहीको अत्याधिक भीड हुने कार्यालयमा, कर्मचारीले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म घण्टै पिच्छे हाजिर गर्ने कुरा कतिको व्यवहारिक होला ? संघीय एक मन्त्रीले आधा आधा घण्टामा मिटिङ,घण्टा घण्टामा प्रगति विवरण खोजेर हैरान बनाएकै शैलीमा प्रदेशका मन्त्रीले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका […]