रसुवाका पाँच पालिका : आमाछोदिङ्मोको बेरुजु सबैभन्दा बढी,कम कालिकाको

रसुवा जिल्लाका पाँच पालिकामध्ये सबैभन्दा बढी अनियमित खर्च आमाछोदिङ्मो गाउँपालिकामा रहेको पाइएको छ । आर्थिक बर्ष ०८०/ ८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार कालिका गाउँपालिकामा सबैभन्दा कम सबैभन्दा बढी बेरुजु आमाछोदिङ्मो रहेको विवरण सार्वजनिक भएको हो ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु   १ दशमलव शून्य २ प्रतिशतमात्र  रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त पालिका अहिले रसुवाका सांसद मोहन आचार्यका उत्तराधिकारीका रुपमा हेरिएका हरिकृष्ण देवकोटाले कमाण्ड गरिरहेका छन् ।

बिज्ञापन

विवरण अनुसार,रसुवाका पाँच पालिकामध्ये सबैभन्दा बढी बेरुजु रहेको आमाछोदिङ्मोको बेरुजु १ दशमलव ८२ प्रतिशत रहेको महालेखाले प्रतिवेदनमा लेखेको छ । सो पालिकाका प्रमुखमा बुचुङ तमाङ र उपप्रमुखमा चण्डिका तमाङ रहेका छन् ।

बिज्ञापन

यस्तै, रसुवा जिल्ला एमालेका नेता समेत रहेका कैसाङ नोर्पु तमाङ अध्यक्ष रहेको पालिकाको बेरुजु १ दशमलव ६९ प्रतिशत रहेको महालेखाले जनाएको छ । अघिल्लो पटक रसुवाका पाँच पालिकामध्ये उत्तरगया सबैभन्दा कम बेरुजु रहेर सुशासनको मानक बनाएको उत्तरगयाको बेरुजु यस पटक दोब्बरले बढेको छ । यस पटक उत्तरगया गाउँपालिकाको बेरुजु १ दशमलव ४७ प्रतिशत रहेको छ । जबकी अघिल्लो पटक सो पालिकामा शून्य दशमलव ६० प्रतिशतमात्र अनियमित खर्च रहेको थियो । सो पालिका अहिले नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्यालले कमाण्ड गरिरहेका छन् । उपाध्यक्षमा दोश्रो पटक चमेली गुरुङ कुर्सीमा छिन् । पछिल्लो पटक सो पालिकाले आफ्ना अधिकांश कामहरु एउटा एनजिओमार्फत गर्दै आएको छ । कानुन विपरित सरकारी विद्यालयका प्रचार्यले सञ्चालन गरिरहेको एनजिओलाई पालिकाको अधिकांश कामको जिम्मेवारी दिइएको बिषयलाई महालेखाले बेरुजुको रुपमा औल्याएको छ । विवरण अनुसार नौकुण्डको बेरुजु १ दशमलव २९ प्रतिशत रहेको छ ।

अघिल्लो पटक अर्थात ६१ औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत बेरुजु थियो ।यस पटक १ दशमलव शून्य २ प्रतिशतमात्र बेरुजु कायम भएको छ ।

बिज्ञापन

यस्तै उत्तरगयाको बेरुजु रकम शून्य दशमलव ६० प्रतिशत रहेको थियो भने आमाछोदिङ्माको बेरुजु ३ दशमलव ५३ प्रतिशत,नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ र गोसाइकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत रहेको थियो ।

दुई आर्थिक बर्षको प्रतिवेदन केलाउँदा अन्य चार पालिकाको बेरुजु घट्दा उत्तरगयाको बेरुजु भने दोब्बरले बढेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

बिशेष