प्रदेश
निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् । रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका हुन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष […]
आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेश सरकारले भ्रमण र अनुगमन, मूल्याङ्कनको नाममा गरेको कुल खर्च रु.१३ करोड ९६ लाख ८ हजार छ। योमध्ये भ्रमण शीर्षकमा मात्रै रु.३ करोड ४२ लाख रुपैयाँ छ। हरि अधिकारी/किशोर बुढाथोकी | खोज पत्रकारिता केन्द्र विराटनगरबाट काठमाडौं हवाई भाडा प्रतिव्यक्ति अधिकतम रु.९ हजार ९०० छ। सामान्य अवस्थामा रु.५ हजार ७०० मात्र लाग्छ। तर; […]
पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीको नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले सर सफाई गरेको छ । नरपानी धार्मिक तथा पर्यटकीय स्थल हो । प्रसिद्ध सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरुको पहिलो रोजाई पनि हो नरपानी । त्यहाँ पर्यटकहरु आउदा मनमोहक बनोस भन्ने उद्देश्यले युनियनले सर सफाई कार्यक्रम संचालन गरेको हो । […]
कर्णाली प्रदेश सरकारले एकै पटक ठूलो संख्यामा प्रदेशका कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा सूची अनुसार,श्रेणीविहिनदेखि अधिकृत आठौं तहसम्मका कर्मचारीहरुलाई कामकाज सरुवा गरिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार,सो प्रदेशका श्रेणीविहिन २,सहायक स्तर पाँचौं ११,राजपत्र अनकित द्धितीय एक र प्रथम पाँच सरुवा भएका छन् । यस्तै, अधिकृतस्तर छैंटौं तहका ७२ जना सरुवा भएका […]
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेश हेटौंडाले प्रदेशका ४० कर्मचारीलाई अधिकृतस्तर (सातौं) तहमा बढुवा गरेको छ । बाग्मती प्रदेशभित्रका विभिन्न कार्यालयमा कार्यरत छैंटो तहका अधिकृतहरुलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको ८० पुस ९ गते प्रकाशित बढुवा सूचना अनुसार कार्यक्षमता मुल्यांकनका आधारमा १८ र जेष्ठता र कार्यसम्पादन मुल्याकनका आधारमा २२ गरी ४० जना छैंटौ तहका कर्मचारीहरुलाई […]
एकजना उपसचिवले माधव पदार्थ सेवन गरेर उपद्रोह मच्चाएका छन्। उक्त व्यक्तिले कहिले प्रमुख जिल्ला अधिकारी त कहिले प्रहरीलाई फोन गरेर गाली गर्दै थर्काउने काम गरेका हुन् । आफूलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव भन्दै दीपक आचार्यले प्रमुख जिल्ला अधिकारी सिडिओ त कहिले प्रहरीलाई फर्काउने र गालीगलौज गर्ने काम गरेका हुन्। अत्यधिक मादक पदार्थ […]
मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षाैदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात कार्यालयमा मात्र जागिर खाने गरेको देखिन्छ । यस्को कारण के होला ? कारण स्पष्ट छ,त्यहाँ हुने आर्थिक […]
ऋषि भट्टराई बुटवल उपमहानगरपालिकाले जलसोत उपयोग र त्यससम्बन्धी ऐनबारे बुटवलका खानेपानी समितिहरुसँग छलफल गरेको छ । नगरभित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग जलस्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरिएको छ । हिजो आयोजित कार्यक्रममा जलस्रोत ऐनबारे अधिवक्ता घनश्याम पन्त र समितिको अधिकारका बारेमा ध्रुव धितालले जानकारी गराएका थिए । कार्यक्रममा […]
कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय […]
कर्मचारीहरूबाट सेवाग्राहीलाई दिने सेवा सुविधामा ढिलाइ हुने गरेको जनगुनासा व्यापक रूपमा आउन थालेपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्ला कार्यालय गरी ४ वटा सरकारी कार्यालयको अनुगमन गरेका हुन् । निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले केही हदसम्म कर्मचारी […]