राजनीति
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तलाई चोख्याउने गरी विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढकयाउन पुगेको छ । ललिता निवासको १३६ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा ०७६ माघ २२ गते पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्धामा विशेष अदालतका न्यायधीशहरु […]
केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर ल्याएको अध्यादेश आज संसदमा पेश हुने भएको छ । आज बस्न लागेको बैठकको सम्भावित कार्यसूचीमा सरकारले ल्याएको भूमि बाहेकका अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको अध्यादेश पेश गर्ने आजको कार्यसूचीमा रहेको छ । आजको […]
निजामती सेवामा ‘अतिरिक्त सचिव’ पद पुन बिउँताउने तयारी भएको छ । पञ्चायतकालमा ‘अतिरिक्त सचिव’ पद थियो । तर बहुदलकालमा चाहिँ ‘विशेष सचिव’ बढी प्रयोगमा आयो । पछि अतिरिक्त सचिव हुँदा अनावश्यक निर्णय गर्ने थलो बनेको भन्दै हटाइएको थियो । २०४९ सालमा निजामती सेवा ऐनले अतिरिक्त सचिव पदको व्यवस्था गरेको थियो । प्रशासनिक जटिलता, निर्णय प्रक्रियामा […]
काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो । सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको […]
कम्युनिष्ट समर्थक वा पार्टी सदस्य रहेका माथिल्लो ओहोदाका भूपू र वर्तमान कर्मचारी क्रमश पेलानमा पर्न थालेका छन् । उनीहरूलाई ‘काम पर्दाको भाँडो, नहुँदा ठाँडो’ भन्दै भकुण्डो बनाइएको छ । गिरिजाको राज चल्दा उपल्लो तहको कर्मचारीतन्त्रमा वामपन्थीको निकै कमजोर उपस्थिति थियो । पछिल्लो दुई दशकदेखि यो अवस्थामा परिवर्तन आयो । तल्लो तहका वामपन्थी विस्तारै माथिल्लो तहमा […]
अहिले चिया पसल,सदनदेखि संसदसम्म तातेको बिषय हो,सहकारी ठगी प्रकरण । यो भन्दा कम डरलाग्दो छैन,रसुवाका तत्कालीन एक सांसदले सर्वसाधरणलाई गरेको ठगी । सात बर्ष अघि जनताको मन- मनमा थिए प्रेम तमाङ । सोही समयमा हो,उनले जनताको दिमाग भुटेर प्रति सर्वसाधरण पाँच,दश हजार रकम उठाएर,कसैको एकाघरबाटै पचास हजारसम्म रकम शेयरको नाममा उठाएर,करोडौं ठगी गरेको बिषयले बल्ल […]
काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए । नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय […]
प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सञ्चार तथा सुचना प्रविधिमन्त्री […]
काठमाडौं । स्वतन्त्र सांसद डा।अमरे शकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् । उनले भने, ‘सार्वभौम देशको सार्वभौम जनता हौं । […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका हुन् । उनले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका […]