वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह नागरिकता विवादमा तानिएका छन् । सोही प्रकरण सतहमा आएसँगै बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

बिज्ञापन

उनका प्रारम्भिक नागरिकतामा ‘बालेन्द्र साह’ लेखिएको थियो भने पछि ‘बालेन्द्र शाह’ परिवर्तन भएको पाइएको छ। बुबा रामनारायण, आमा ध्रुवदेवी र आफ्नै नागरिकतामा ‘साह’ नै राखेर वंशजका आधारमा उनले ०६३ पुस ९ गते तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए । तर काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि २०७९ साल असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा भने अर्को ‘साह’को ठाउँमा ‘शाह’ लेखेको पाइएको छ ।

बिज्ञापन

पछि २०७९ मा जारी नागरिकतामा उनका आमा–बुबा र बालेन्द्रको थर ‘शाह’मा परिवर्तन गरिएको छ। दाजु कौशलेन्द्रको नागरिकतामा भने पुरानै ‘साह’ नै उल्लेख रहेको भेटिन्छ । मेयरमा निर्वाचित भए पछि उनले साह थर नै परिवर्तन गरेर ठकुरी शाह बनाएका छन् । काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको भेटिएकोले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीकर्ता युवराज सफलले माग गरेका छन् ।

नागरिकता ऐन २०६३ को दफा १२ अनुसार, झुटो विवरण पाए नागरिकता रद्द गर्न सकिने व्यवस्था छ। दफा १७ अनुसार सानातिना त्रुटि सच्याउन सकिन्छ, तर यस घटनामा ‘सानातिना त्रुटि’को परिभाषा नपुग्ने र कानुनी रूपमा विवादको जोखिम रहेको देखिन्छ। यसैको दफा १७ मा विवरण सच्याउन पाउने नागरिकता ऐनमा व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर वा शैक्षिक योग्यताको प्रमाण फरक पर्न गई प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने हुन्छ ।‘

बिज्ञापन

तर यसको स्पष्टीकरणमा भनिएको छ, यस उपदफाको प्रयोजनका लागि सानातिना त्रुटि भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरण जस्तै कुमारी, देवी, बहादुर, प्रसाद जस्ता बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटिलाई जनाउनेछ । दफा १२ अनुसार बालेन र उनका आमाबुवाको हकमा यो कुरा देखिँदैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

बिशेष