एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

काठमाडौं । नेकपा (एमाले)का संविधानसभा सदस्य तथा रसुवा जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका ढकालले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै आफ्नो नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन्।

बिज्ञापन

ढकालले आफ्नो निर्णयलाई “दल परिवर्तन मात्र होइन, आत्मसंघर्षको निष्कर्ष” भन्दै विगतको योगदानप्रति सम्मान व्यक्त गरेका छन्। २०४७ सालदेखि अनेरास्ववियु (पाँचौं)बाट सुरु भएको आफ्नो राजनीतिक यात्राले २०७० सालको संविधानसभासम्म पुग्दा नेकपा (एमाले)को झण्डामुनि उभिएर राष्ट्र निर्माणको सपना देखेको स्मरण उनले गरेका छन्। रसुवाली जनताको विश्वासलाई आफ्नो जीवनको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उनले पार्टीमा रहँदा संगठन सुदृढीकरण र जिल्लाको विकासलाई प्राथमिकता दिएको बताएका छन्।

बिज्ञापन

तर समयसँगै “योगदानको अवमूल्यन, अवसरवादको हाबी र संवादको कमजोर अवस्था” महसुस भएको उल्लेख गर्दै उनले पद त्यागेको तर जनता नत्यागेको स्पष्ट पारेका छन्। “संगठन बदलेँ, तर सेवा गर्ने प्रण बदलेको छैन,” उनले वक्तव्यमा उल्लेख गरेका छन्।
देशको वर्तमान राजनीतिक अवस्था जटिल मोडमा पुगेको र नयाँ पुस्ताले सुशासन, पारदर्शिता तथा परिणाममुखी राजनीति खोजेको दाबी गर्दै ढकालले आफ्नो निर्णयलाई पुस्तान्तरण र राजनीतिक संस्कार परिवर्तनको अभियानसँग जोडेका छन्। उनले नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, विचार बहस र पुस्तान्तरणको संकेत देखिएको दाबी गरेका छन्।

यस क्रममा उनले गगन कुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल जस्ता युवा नेताहरूको उदयलाई नयाँ राजनीतिक संस्कारको संकेतका रूपमा व्याख्या गरेका छन्।ढकालले एमालेका सहकर्मी तथा नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्दै राजनीतिक बाटो फरक भए पनि सम्मान र सम्बन्ध यथावत् रहने बताएका छन्। “मैले दल परिवर्तन गरेको हुँ, मित्रता परिवर्तन गरेको छैन,” उनले उल्लेख गरेका छन्।

बिज्ञापन

कांग्रेस प्रवेशसँगै उनले रसुवाको समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले रसुवा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहन आचार्यलाई विजयी गराउन अपिल गरेका छन्। साथै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र जिल्ला सभापति पेम्बा छिरिङ तामाङसँग विकासका एजेन्डामा सहकार्य गर्ने बताएका छन्।
ढकालले अधुरा पूर्वाधार निर्माणका काम पूरा गर्न तथा रसुवाको समृद्धि यात्रालाई अगाडि बढाउन रुख चिन्हमा मतदान गर्न जिल्लावासीसँग अनुरोध गरेका छन्। उनले आफ्नो निर्णय व्यक्तिगत स्वार्थका लागि नभई “राष्ट्र र रसुवाको भविष्यको चिन्ता”बाट प्रेरित भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

बिशेष