यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले लगातार सात दिन सार्वजनिक बिदा दिने भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई सिफारिस गरे अनुसार सरकारले फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको हो ।

बिज्ञापन

सरकारको यो निर्णयसँगै अब लगातार सात दिन सार्वजनिक बिदा हुने भएको छ । आगामी फागुन १८ र १९ गते दुई दिन होली पर्व, २०देखि २२ गतेसम्म निर्वाचन २४ गते शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने लगातार सात दिन सार्वजनिक विदा परेको हो ।
यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले  चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरिएको छ ।

बिज्ञापन

सरकारले काठमाडौ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टलाई काठमाडौ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोकेको छ । आजैको बैठकले वीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई जिम्मेवारी दिइएको छ ।

सरकारले मित्रराष्ट्र चीनले उपलब्ध गराएको ४० लाख डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चीनले करिब ५७ करोड नेपाली रुपैयाँ बराबरको सहयोग दिएको छ ।

बिज्ञापन

आगामी वर्ष २०८३ सालको सार्वजनिक बिदा निर्धारण गरेको आजको मन्त्रिपरिषद् बैठकले जेन जी परिषद्समेत गठन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदानमा खटाइँदा विभेद,दुई स्थानीय तहका कर्मचारीले गरे आर्थिक सुविधा नलिने घोषणा

सेवानिवृत्त कर्मचारीलाई थप औषधी उपचार खर्च उपलब्ध गराइने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

बिशेष