राजनीति
लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वार्डेन अणानाथ बरालले पदीय मर्यादा विपरित चरम ज्यादाती र लापरवाही गरेकोले भन्दै ७ दिन भित्र जिल्ला छोडन् नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले माग गरेको छ। उनीहरूले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनीधि खनाल समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै सात दिनभित्र जिल्ला छोड्न र विभागिय कारबाही अगाडि […]
इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा मतदान शुरु भएको हो । इलाम–२ मा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल […]
शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् । उनले भनेकी छन्- साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत आउने गरी काम गर्न पूर्व कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पूर्वकर्मचारी समाज नेपालले काठमाडौंमा आयोजना गरेको साधारण सभालाई सम्बोधन गर्दै देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका हुन । हरेक आन्दोलन र लोकतन्त्रको प्राप्तिमा समेत कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका […]
आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३ (१) अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। यस्तै सहकारीहरुको समस्याका बारेमा गम्भीर रुपमा छलफल भएको बताइएको छ […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले सचिव टेकनारायण पाण्डे,,एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वाेच्चका न्यायधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश […]
काम विशेषले तपाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुग्नुभयो भने त्यहाँ बढी चर्चा र चासो सुन्न पाउनुहुन्छ मन्त्री नै परिवर्तन हुने लागेको बिषय । लगानी सम्मेलनको नाममा हालैमात्र सरकारले ९ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको छ । सरकारले यही वैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध भएका कर्मचारीहरुको विवरणको खोजी शुरु गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार मन्त्रालयले दलमा आवद्ध रहेका शिक्षकहरूको विषयमा परेका उजुरीहरूको विवरण यकिन गरी कारबाही अघि बढाउनका लागि उस्ले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको हो । मन्त्री सुमनाको सचिलायका अनुसार,निर्वाचन आयोगबाट विवरण प्राप्त […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए । कोरिया रिटर्नीको […]
काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं […]