राजनीति
नेकपा (एमाले) रसुवाको अध्यक्षमा जर्नादन ढकाल निर्वाचित भएका छन् । ढकाल यस अघि पार्टीको जिल्ला सचिवको रुपमा कार्यरत थिए । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। यसैगरी उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ,सचिवमा पेम्बा लामा,उपसचिवमा सुकु बहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन् । जिल्ला […]
स्वास्थ्यमन्त्री उपेन्द्र यादव गत १६ वैशाखमा अमेरिका उडे । अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन उनी मेरिका प्रस्थान गरेका थिए । ७ मे अर्थात भोलि मात्र उपेन्द्र यादवको स्वदेश फर्किने कार्यक्रम थियो तर यही बीचमा उनको पार्टीमा ठूलो भुकम्प गएको छ । […]
एकीकृत समावादीका अध्यक्ष माधव नेपालले जसपा पार्टीसँग मिलेर काँग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनका प्रयासको च्याप्टर अब क्लोज भएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादव अमेरिका पुगेकै समयमा उनलाई सरप्राइज दिने गरी उनको १२ सिटे दलका सात सांसद अशोक राईपट्टि लागे सँगै माधव नेपालको वैकल्पिक गठबन्धन निर्माणको प्रयास पूर्णत विफल भएको हो । पूर्व […]
नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णयमा अदालतले लिखित जवाफ मागेको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।बस्नेतविरुद्ध शोभा पाठक नाम गरेकी एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी दिएकी थिइन् । […]
जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका समयमा जसपा नेपाल विभाजन भएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व शिक्षामन्त्री अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू […]
काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । चार दिनअघि मात्र लामिछानेले यसबारेमा मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गरेका थिए।पक्राउ गर्न रेड कर्नर नोटिस […]
एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा पुग्नुभएको छ । नेकपा एमाले रसुवा जिल्ला अधिकवेशनका लागि उहाँ आज रसुवा पुग्नुभएको हो ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे सिम्रिक एअरको हेलिकोप्टर ९ एनएएलटीमा त्यता पुग्नुभएको छ । एमाले अध्यक्ष ओली गोसाइकुण्ड दर्शन गरेर आजै रसुवा जिल्लाको ९ औं अधिवेशनको उद्घाटनका जुट्नुभएको हो । […]
प्रभु शाहका कार्यकर्ताले भन्सार विभाग घेरेका छन् । आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले हिजोदेखि चौथो चरणको आन्दोलन थालिएको हो। भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन थालिएको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको […]
मानव बेचबिखन तथा ओसारपसारजस्तो गम्भीर अपराधमा पक्राउ परेका गाउँपालिका अध्यक्ष मुद्दा नै नचली छुटेका छन् । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार मुद्दा नचलाई छाड्ने निर्णय गरेको हो । निर्णयमा सरकारी वकिल र प्रहरी दुवैको भूमिका शंकास्पद देखिएको छ । घलेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गत २८ चैतमा पक्राउ गरेको थियो । […]
प्रधानमन्त्री पुष्पकमल दाहाले नवप्रवर्तन कोष स्थापना गर्ने घोषणा गरेका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य शुरू गरिएको जनाउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका हुन । सञ्चार तथा सूचना […]