राजनीति
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका सल्लाहकार नै मानव तस्करीमा मुछिएका छन् । प्रचण्ड सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीको अवैतनिक सल्लाहकार बुद्धि न्यौपाने मानव तस्करी धन्दामा मुछिएको फेला परेपछि प्रहरीको फन्दामा परेका छन् । ग्रीन कार्डको प्रलोभन देखाउँदै मौरिससमा नेपाली युवती बेचेको रहस्य खुलेसँगै झापाको कमल गाउँपालिका–१, बस्ने ५४ वर्षीय बुद्धिराज […]
सरकारले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य गरेको छ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो । त्यही आधारमा सरकारले कर्मचारीको तलबमान बढाउन […]
काठमाडौं, २९ साउन । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गरेको छ । मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले […]
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरु गरेका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भीडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गर्नुभएकाे थियाे । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै […]
काठमाडौं, २८ साउन । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको आज देखी सुनवाई सुरु हुने भएको छ । हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो ।संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका […]
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । कम्पनीको पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले विभागका कर्मचारीहरुलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिँर्दै नतिजा दिने गरी काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिए । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले काम […]
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बीमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिने बताएका छन् । आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले स्वास्थ्य क्षेत्रका कानुनहरु कार्यान्वयनका लागि कानुनी सुधार जरुरी रहेकाले स्वास्थ्य बिमा नियमावली संशोधन गरेर बिमा ऐनलाई परिमार्जन गरी अगाडि बढाइने बताए । उनले भने,‘स्वास्थ्य बीमा नियमावली […]
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई छलफलका लागि बोलाएको छ। सरकारले संसद्मा लगेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा भइरहेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न […]
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोध्नुभएको हो । प्रधानमन्त्री ओलीले […]
एमालेभित्रका पूर्व माओवादीहरु यसरी पेलानमा पर्दैछन् कि ती वा निस्क्रिय छन् वा पार्टी छाडेर हिड्न थालेका छन् । यता माधव नेपाललको साथ छाडेर ओलीसँग मिल्न गएकाहरु धमाधम महत्वपूर्ण जिम्मेवारी पाउन थालेका छन् । हालैमात्र मणि थापा सो पार्टीबाट अलग भएका छन् । उनी मणि हराएका ‘मणि’ बनेर पूरानै पार्टीमा स्पेश खोज्दैछन् । यस अघि प्रभु […]