काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

मुखले जतिनै लोकतन्त्रको माला जपे पनि काँग्रेसी भातृसंगठनभित्रको आन्तरिक लोकतन्त्रमा भने धमिरा लाग्दै गएको छ । त्यस्को ज्वलन्त उदाहरण काँग्रेसभित्रको भातृ संगठनमा देखिएको विवादलाई लिन सकिन्छ ।

बिज्ञापन

नेपाल निजामती कर्मचारी ट्रेड युनियनको विवाद सेलाउन नपाउँदै काँग्रेसकै अर्काे भातृ संगठनको कलह सार्वजनिक भएको छ । केही अघिमात्र नेपाल निमातमी कर्मचारी युनियनमा देखिएको छ । संघीय निर्वाचनको बाहना देखाएर आगामी माघमा तय भएको महाधिवेशनलाई रोकेर कावा अध्यक्ष उत्तम कटवालले अर्काे दुई बर्ष ढुक्कले अध्यक्ष चलाउने रहर गरे ।

बिज्ञापन

काँग्रेसी कर्मचारीहरुको महाधिवेशन अघिल्लो बर्ष हुनुपर्नेथ्यो तर पटक पटक अनेकन बाहनामा महाधिवेशन धकेलिँदै आएको थियो । तर तोकिएको मितिमा महाधिवेशन नगरी भिडेर हैन कि बन्द कोठाभित्र ताली ठोकेर निमित्तबाट एक तह बढुवा भएर पूर्ण अध्यक्ष खाने रहर पूरा गरेसँगै त्यहाँ त्यहाँ कलहको बिउमात्र रोपिएको छैन । भित्रभित्रै भुषको आगो सल्किएको छ । २६ सदस्यीय पदाधिकारी र १०१ सदस्य केन्द्रीय कार्यसमिति रहेको सो युनियनको बैठक अघिल्लो शनिवार बसेको बैठकमा भाग लिन सुदूरपश्चिमदेखि कर्णालीबाट केही प्रतिनिधिहरु उपस्थित भए पनि बहुमत समेत पु¥याइएको थिएन । त्यही पनि पेलेरै बैठक चलाइयो,उत्तम कटवाललाई कावा अध्यक्षबाट अध्यक्षमा उकाल्ने निर्णय गरियो । सो निर्णयप्रति केही पदाधिकारीहरुले सहमति जनाए पनि अशिंकाशको विमती रहेको थियो । केन्द्रीय सदस्यमा कावा अध्यक्ष उत्तम कटवाल खेमाका केहीले मात्र उक्त निर्णयको समर्थन गरेका थिए । ५६ जिल्लामा अधिवेशन सम्पन्न भइकसेको,८० प्रतिशत विभागीय अधिवेशन सम्पन्न भएको र बाँकी २१ जिल्ला तथा करिब २० प्रतिशत विभागीय अधिवेशन केही महिनाभित्र सम्पन्न गराउने तयारी चल्दाचल्दै उत्तम कटवालको उत्कट चाहना पूरा गर्ने गरी उनलाई एक तह बढुवा गरेर अध्यक्षमा उकालिएको हो । यस अघिका अध्यक्ष रहेका गोपाल पोखरेलले सरकारी सेवाबाटै अनिवार्य अवकाशमा गएसँगै उनलाई अध्यक्षमा बढुवा गर्ने निर्णयले काँग्रेस भातृ संगठनमा पराकम्प गएको छ । यस अघि सदस्यता वितरण र नवीकरणको विवादमा फसेपछि ०८२ साल वैशाख ४, ५ र ६ गते केन्द्रीय महाधिवेशन सारिएको थियो । त्यहाँबाट मिति धकेलेर माघमा पु¥याइएकोमा प्रतिकुल परिस्थिति भन्दै महाधिवेशन छलेर कावा अध्यक्ष उत्तम कटवाललाई एक तह पदोन्नती गर्दै पूर्ण अध्यक्ष बनाइएको हो ।

महाधिवेशनबाट नभई समितिबाटै पदोन्नति गरिएको बिषय हलबाट पारित नभएपछि माइन्यूट नै महासचिवले च्यापेर आफैसँग लगेको त्यहाँ शुरुदेखि अन्तिमसम्म बसेका केही कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

उता यो कलह सेलाउन नपाउँदै नेपाल स्वास्थ्यकर्मी संघको महाधिवेशन विवादमा परेको छ । कार्यवाहक अध्यक्षलाई थाहा नदिई महासचिवले पुस १० देखि १२ गतेसम्म लुम्बिनीमा महाधिवेशनको मिति तोकेपछि विवाद भएको हो । सो संघमा यस अघि अबैधानिक ढङ्गबाट चलिरहेको थियो । रामजी घिमिरे अध्यक्ष हुने समयसम्म सरकारी र निजी स्तरका दुबै दर्ता ट्रेड युनियन आफैंले अध्यक्ष भएर संचालन गरेका थिए तर हाल कार्यबाहक दिने बेला सरकारीस्तरको ट्रेड युनियनको कार्यबाहक रमिला चैलागाइलाई दिएको छ । उनै चौलागाईलाई थाहा नदिइ महासचिवले आगामी विहिबारदेखि महाधिवेशन गर्न लागेको जनाएसँगै सो संगठनको विवाद सार्वजनिक भएको हो ।

कार्यवाहक अध्यक्ष रमिला चौलागाईंले मंसीर २२ गतेको भर्चुअल बैठक बैधानिक प्रक्रियाबाट नबोलाइएकाले आफूले बहिस्कार गरेको र मान्युटमा हस्ताक्षर समेत नभएको बताएकी छन् । बैठकको निर्णय भन्दै एकपक्षीय रुपमा महासचिव दीपक भट्टले गरेको महाधिवेशनको मिति घोषणा अस्वीकार्य र अवैध हुने उनले बताएकी छन् । अध्यक्ष रामजी घिमिरे सरकारी सेवाबाट अवकाशपछि चौलागाई कार्यवाहक छिन् ।

२०४८ साल जेठ २४ गते स्वास्थ्यकर्मी का लागि विधिवत रुपमा स्थापित नेपाल स्वास्थ्यकर्मी संघको सातौँ महाधिवेशन २०७६ कार्तिक २२देखि २४ सम्म काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनबाट रामजी घिमिरे अध्यक्षमा चुनिएका थिए । उक्त समितिको कार्यकाल विधानले चार वर्षका लागि तोकेको छ । जस अनुसार ०८० कार्तिक २४ गते संघ को समयबधि सकिसकेको स्थिति छ । अर्था त संस्था नै अब अबैद्य बन्न पुगेको छ ।

आम निर्वाचनको घोषणा भैसकेको अवस्थामा कर्मचारीलाई वाधा व्यवधान, संस्थाको नबिकरण गर्नु पर्नें, २२ र २३ वटा मात्र जिल्ला अधिवेशन भएकोले सबै जिल्लाको अधिवेशन सक्नुपर्नेमा तत्काल केन्द्रीय महाधिवेशन गर्न सम्भव नहुने अबस्थामा महाधिवेशन गर्न लागिएको भन्दै कार्यबहाक अध्यक्षले विज्ञप्ति नै जारी गरेकी छिन् । कार्यबहाक अध्यक्ष चौलागाई कांग्रेसभित्र डा शेखर कोइराला पक्षधर हुन् भने महासचिव सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

यसलाई काँग्रेसभित्रको माथिको गुटगत असर तल सरेको रुपमा टिप्पणी गर्नेहरु पनि छन् । भातृ संगठनको विवादलाई काँग्रेसमा हुन लागेको महाधिवेशनसँग जोडेर हेर्नेहरु पनि छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

बिशेष