बर्तमान गठनबन्धन सरकारका तीन मन्त्री रसुवा पुगेका छन् । पछिल्लो एक महिनाको अवधिमा रसुवा जिल्लामा एमाले अध्यक्ष केपी शर्मा ओली,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,रक्षा मन्त्री हरि उप्रेती र हिजैमात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी रसुवा जिल्ला पुगेर फर्किएका छन् । एमाले अध्यक्षसहित बहालवाला तीनै जना मन्त्रीले रसुवामा गोसाइँकुण्ड केबलकार निर्माण गर्ने बिषय प्रथामिकताका […]

स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १६ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ३ गरी १६ जना बढुवाका लागि सिफारिस भएका छन् । […]

स्थानीय प्रशासन सेवातर्फका १७ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १७ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ४ गरी १७ जना बढुवाका लागि सिफारिस भएका छन् । […]

नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले  स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । बिहिबार लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सम्झौता भईसकेका आयोजनाहरु अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । निलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीहरुले सिडिओ हुन हानथाप गर्ने तर प्रमुख प्रशासकीय अधिकृत हुन नचहाने विकृती रहेको उल्लेख गरेका छन् ।सहसचिवको दरबन्दी रहेका ११ उपमहानगरपालिकामध्ये ९ वटा अहिले पनि उपसचिवले चलाइरहेको उल्लेख गर्दै कतै कर्मचारी र कतै जनप्रतिनिधिले सरुवालाई व्यवस्थित गर्न अबरोध सिर्जना गरको प्रसंग जोड्दै उनले ११ वटा उपमहानगरपालिका मध्ये […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निकम्मापनका कारण दुई दर्जन अफिसर पाँच बर्षदेखि कामकाजविहिन बनेका छन् । सरकारले तिनैलाई जिम्मेवारी दिएर खटाउन सकेको छैन । त्यही अरु १६ अधिकृत थपिएका छन् । ७५ सालमै कर्मचारी समायोजन हुँदा विभिन्न स्थानीय तहमा खटाइएका २६ अधिकृतहरु अझैंसम्म पनि जिम्मेवारी पाउन सकेका थिएनन् । हालैमात्र स्थानीय तहले हाजिर गर्न […]

सरकारले बजेटका मुखमा मनमौजी ढंगले कर्मचारीहरु सरुवा गरेको भन्दै प्रशासन वृत्तबाटै आलोचना हुन थालेको छ । नियमावलीलाई धज्जी उडाउँदै विकासे मन्त्रालयका रुपमा चिनिएका भौतिक,शहरीदेखि विभिन्न स्थानीय तहमा मनलाग्दी ढंगले प्रमुख प्रशासकीय अधिकृतहरु चलाइएको छ । हालैमात्र संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले २७ प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । कर्मचारी नियमावलीले सरुवाको समय तालिका […]

स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले निर्देशन दिएका छन् । उनले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गरेका हुन् ।   कार्यक्रममा अयोगको हेटौँडास्थित कार्यालयका […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज २० जना नवनियुक्त उपसचिवहरुको पदस्थापन गरेको हो भने बाँकी २९ जना उपसचिवहरुको सरुवा गरेको छ । २० उपसचिवको पदस्थापन गरिँदा १६ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ भने दुईलाई गृह,एक जनालाई निर्वाचन आयोग र एक उपसचिवलाई भूमि […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ४९ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । जसमध्ये २९ जनाको पदस्थापन र बाँकी २० जनाको सरुवा गरेको मन्त्रालयले जनाएको छ । पदस्थापनको सूची अनुसार,१६ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएर विभिन्न स्थानीय तहमा खटाइएको छ भने दुईलाई गृह,एक निर्वाचन आयोग र अर्काे एकलाई भूमि […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।