एमालेका मन्त्री आउने वित्तिकै माओवादी मेयर र उपमेयर भएका पालिकाहरु पेलानमा पर्न थालेका छन् । त्यसकै उदाहरण हो :-जितपुर उपमहानगरपालिका । हालैमात्र माओवादी र एमालेको गठबन्धन फेरिएर काँग्रेस एमाले गठबन्धन बनेको छ र संघीय मन्त्रालयको पेलानमा पर्न थालेको छ माओवादीका मेयर रहेका स्थानीय तहहरु । नवनियुक्त मन्त्री राजकुमार गुप्ताले समेत कर्मचारी सरुवा प्रक्रिया मिचेर नगर्ने […]

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा संविधानको […]

अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन् । निजामती किताबखानाका अनुसार अधिकारी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हद लागेर अनिवार्य अवकाश पाउदै थिए तर अवकाश हुनु चार महिना अगावै उनले राजीनामा दिएका हुन् । नेपाल कानुन आयोगको सचिवको रुपमा कार्यरत अधिकारीले दिएको राजीनामा आइतबारदेखि लागू हुने गरी अस्तिको […]

  “गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमब्रह्मा तस्मै श्री गुरुवे नमः“ अर्थात् “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।“ संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रुको अर्थ प्रकाश भन्ने हुन्छ […]

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवको जिम्मेवारी सहसचिव विनोद कुँवरले पाएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिवको भूमिकामा रहेका कुँवरलाले आइतबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्न लागेका छन् । यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता हुँदै आन्तरिक राजस्व विभागको १४ महिना महानिर्देशक चलाइसकेका कुँवर निजामतीभित्र इमान्दार प्रशासकका छवि बनाएका कर्मचारी […]

सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । यसको फलामे ढोका मानिने लोकसेवा पार गर्ने कठिन संघर्ष गर्नुपर्दछ । तर,लगन,मेहनतपूर्वक तयारी गरिएको खण्डमा लोकसेवा सजिलै छिचोल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्,शेखर रोकायाले । सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी […]

संसारमा थोरै अध्ययन गरिने र थुप्रै चर्चा पाउने क्षेत्र कर्मचारीतन्त्र हो। किनकि कर्मचारीतन्त्रलाई राजनीति दर्शनको आँखाले हेर्ने गरिन्छ । कर्मचारीतन्त्रको उत्पत्ति नै राजनीति ध्येय पुरा गर्नको लागि भएको हो। राजनीति सापेक्षले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न खोज्दा सन् १९ ८१ मा अमेरिकी राष्ट्रपति गार्डफिल्डको हत्या भयो। एउटा कारण यो पनि थियो। किनकि कर्मचारीतन्त्र व्यवस्थापकीय क्षेत्र हो भन्ने […]

लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७१८१ ८० ८१ नेपाल कृषि सेवा,ला.पो एण्ड डे.डे समूह (आन्तरिक प्रतिष्प्रर्धा) थतर्फ उपसचिवको परीक्षा लिइएकोमा सो को नतिजा सार्वजनिक गरेको छ । उक्त सेवाका लागि एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी तीन जनामध्ये सुरज गुरुङलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन […]

नेपालीको टाउकोमा जन्मनेवित्तिकै ८० हजार ऋृणको भार पर्ने भएको छ । नेपालको सार्वजनिक ऋृण बढेर २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सार्वजनिक गरेको उक्त ऋृणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको टाउकोमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण हुन आउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको […]

सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अविलम्ब सुरु तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन परमादेश जारी गरेको छ । गत असार १० गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सो परमादेश दिएको थियो ।पूर्णपाठमा मर्यादाक्रमानुसारको आधारभूत तलबमान कायम नहुँदा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।