काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई  मुख्य सचिव नियुक्त गरेको हो । यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई […]

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो । थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । […]

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ । एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।सरकारले भारतका लागि शंकरदाश वैरागी र चीनमा लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी […]

लोकसेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थामा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो । आर्थिक २०८१र८२ को विज्ञापनदेखि लागु हुने […]

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो। एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।सरकारले भारतका लागि शंकरदाश वैरागी र चीनमा लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी गरेको छ । पूर्व मुख्यसचिवद्धय वैरागीलाई कांग्रेस र रेग्मीलाई एमालेले राजदूत बनाउन लागेका हुन् । त्यस्तै […]

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि नेपाली राजदूत सिफारिस सिफारिस भएका छन् । स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने मोटामोटी समझदारी भएको छ ।वैरागी हाल राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार रहेका छन् । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

एमालेकै प्रधानमन्त्री र भूमि मन्त्री नै एमालेका बनेसँगै गिरिबन्धु टी स्टेटमा जोडिएका कर्मचारीलाई हाइसञ्चो भएको छ । व्यापारी तथा विचौलियाहरुलाई पोस्ने गरी केपी ओली सरकार हुँदा यो प्रक्रिया अगाडि बढेको हो । र, यो प्रक्रिया अगाडि बढाउने उपसचिव हुन ओली निकटका उपसचिव रोशनशंकर घिमिरे । जो चार बर्षदेखि भूमी व्यवस्था तथा अभिलेख विभागको निर्देशकको कुर्सीमा […]

सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार शुरु हुने भएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएकाले सरकारले केही सहसचिवको सरुवा गर्न लागेको बताइन्छ । प्रचण्ड सरकारको समयमा कमाऊ अड्डामा पुगेका सहसचिवहरु वर्तमान सरकारको हिट लिष्टमा छन् । तत्काल सचिवहरु हेरफेर हुने सम्भवना कम छ । […]

सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा समायोजन भएका संघीय निजामती कर्मचारीलाई संघमा फर्काउन नपर्ने फैसला गरेको छ ।सर्वोच्च अदालतका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलाशले यस्तो फैसला गरेको हो । नेपाल कृषि एग्रो इको एण्ड मार्केटिङ समुह अन्तर्गत उपसचिव तहका रुद्रप्रसाद पौडेल र यादव पद्धयोतीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो […]

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उर्जा मन्त्रालयको एक कर्मचारी समेत परेकी छिन् । आज बिहान भएको दुर्घटनामा परेर १८ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउने अमित महर्जन, सागर आचार्य, दिलिप बर्मा, मणुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।