महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन । प्रतिवेदनमा आर्थिक वर्ष २०८०/ ८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख […]

व्यवसायी इच्छाराज तामाङ्गलाई छुटाउन १० करोड बार्गेनिङ्ग गर्ने एमाले वकिललाई बार काउन्सिलको नसिहत दिएको छ । अदालत बिग्रियो,न्यायाधीशहरुले बेन्च सपिङ्ग गर्न थाले भन्दै न्यायालय सुधारको आन्दोलन गरेका वकिलहरु नै न्यायाधीश र न्याय किन्ने दलालीको भूमिकामा देखिए। सिभिल सहकारीमार्फत् सर्वसाधारणको आठ अर्ब बढी रुपैयाँ ठगी गरेको आरोपमा पुर्पक्षको निम्ति जेलमा रहेका इच्छाराज तामाङलाई जेल पर्नै नदिन […]

महिला हिंसाको आरोपमा गत चैत्रमा बर्खास्तीमा परेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई अदालतले पदबहाली गर्न भनेको छ । राष्ट्र बैंकको उच्च तहको एक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई गत चैत्रमा बर्खास्त गरिएको थियो । नगरकोटमा भएको एउटा कार्यक्रममा उपल्लो तहको महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी बर्खास्तीमा परेका थिए । पुस २७ […]

कोही जागिरे जीवनभर एक चोटी प्लेन चढ्न नपाउने,विदेशी भूमि टेक्नै नपाई अवकाशमा जाने । केही अध्ययन,सेमिनारका नाममा दर्जनौ पटक विदेश डुल्ने,तीमध्ये केही उतै भासिने । सरकारी कोटाबाट अध्ययन बिदामा चीन,अमेरिका,जापान,अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा पुगेका कर्मचारी उतै बेपत्ता हुने सिलसिला बढ्दो छ । फितलो कानुनका कारण कर्मचारीमा यस्तो मनोबल बढ्दै गएको छ । निजामती सेवा ऐनको […]

अदालतका कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका चार कर्मचारी पक्राउ परेका छन् । मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका अबस्थामा कपिलवस्तु जिल्ला अदालतका तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन् । अख्तियारको टोलीले आज दिउँसो ३ […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन मन्त्रालयलाई कोप २९मा जान लागेका कर्मचारीको बारेमा जवाफ माग गर्दै पत्र लेखेको छ। अख्तियार स्रोतका अनुसार वन मन्त्रालयको स्वीकृतिमा जम्बो टोली जान लागेको र सेवाग्राहीको काम समेत असर पर्ने उजुरी परेको भन्दै यर्थाथ वितरण पठाउन भनेको छ। मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालदेखि प्रशासन […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोग रिटायर कर्मचारीहरूको क्लब बनेको आरोप लगाएका छन् सांसद अमरेश कुमार सिंहले । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको आरोप लगाएका हुन् । उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताए । ‘अख्तियार पूर्वकर्मचारीको क्लब बनेको छ । त्यो नहटेसम्म देश पार लाग्दैन,’ […]

सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त बनाउने कि नबनाउने भन्ने विषयमा कानुन निर्माणका क्रममा छलफल हुने राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् । सांसदहरूले धारणा राखेपछि सभापति खतिवडाले अख्तियारको प्रयोग गरेका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने कि नलैजाने भन्ने विषयमा संसदीय समितिमा छलफल हुने […]

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हुँदै नभएका कर्मचारीको नाममा विगत ७ महिनामा ४० लाख रुपैयाँ तलव शीर्षकमा अनियमति रुपमा निकासा दिइएको रहस्य खुलेको छ । हाल सरुवा भएर श्रम विभाग काठमाडौं पुगेका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको कार्यकालमा फर्जी कर्मचारी खडा गरी तलव निकासा दिइएको र करिव ४० लाख रकम अपचलन भएको नाम उल्लेख नगर्ने […]

१८ औँ शताब्दीका प्रख्यात उपयोगितावादी लेखक जर्मी व्यन्थमले उनको पुस्तक An introduction of the principle of moral and legislation मा औद्योगिक क्रान्तिपछिको पुँजीवादलाई अर्थशास्त्रको नियमले कसरी प्रभाव पार्छ भन्ने विषय महत्त्वपूर्ण ढङ्गबाट उल्लेख गरेका छन्। उनी उपयोगितावादलाई अर्थशास्त्रको सीमित अर्थमा भन्दा कसरी पुँजीले खुसीको माध्यमबाट मान्छेलाई पराप्श्रित बनाउँछ भन्ने विषयका ठूला चिन्तक हुन् । ३०० […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।