सात महिना देखि उद्योग वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशकको कुर्सीमा छन्,यज्ञराज कोइराला । बाबुराम गौतमलाई विस्थापित गरेर महानिर्देशकको कुर्सीमा पुगेका कोइरालाले चलखेल गरी व्यापारीलई फाइदा हुने गरी धमाधम निर्णय गर्न थालेका छन् । व्यापारीहरूको स्वार्थमा क्रसर,मदिरादेखि सुपारीसम्मको अनुमति दिएका हुन उनले । यस्का पछिल्ला निर्णयहरु पल्टाउने हो भने सुपारी,मदिरा र क्रसर उद्योगीलाई पोस्ने गरी केही […]

केपी ओलीको नेतृत्वमा सरकार गठन भएको दुई सातामा एउटै निर्णयबाट २२ जना सचिवको मन्त्रालय तथा विभाग हेरफेर गरेको १७ दिनपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले ५९ जना सहसचिवको एकै पटक सरुवा गरेको थियो ।केही बरिष्ठ सहसचिवहरुलाई प्रदेशतिर खटाइए पछि उनीहरुले सरुवा सच्याउन दबाब दिन थालेका छन् । प्रदेशतिर खटाएइएकामध्ये केहीले रमाना समेत लिएका छैननठ,उनीहरुले आफू बरिष्ठ सहसचिव […]

सिरहा । गोलबजार नगरपालिकाको तीनवटा हाटबजार ठेक्काबाट उठ्ने रकममा प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारबीच अनुचित साँठगाँठ रहेको अनुमान गरिएको छ । हाट बजारबाट उठाइएको राजस्व अपचलन भएको आशंका नगरबासीले गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ प्रारम्भ भएकै दिन साउन १ गतेबाट मानकी निर्माण सेवाका सञ्चालक मोहन यादवले गोलबजार गुदरी हाट, बाख्रा बजार र चोहर्वा पशु […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत पुगेको एउटा शक्तिशाली विभाग राजनीतिक नियुक्ति भर्ति केन्द्र बन्दा भुत्ते विभाग बन्न पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको राजश्व अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारी पाएका छन् चण्डी घिमिरेले,खाँटी एमाले र राजश्वका क्याडर घिमिरेललाई त्यहाँ पठाउनु अघि माओवादी निकटका सहसचिव चक्र बूढालाई तीन महिनामै हरिहरभवनबाट तानेर राष्ट्रिय सुरक्षा परिषद्मा थान्को लगाइएको […]

विशेष अदालतले ३० हजार घुस खाने अर्काे कर्मचारीलाई भ्रष्टचारी ठहर गरेको छ । अर्बाैको भ्रष्टाचार मुद्धामा क्लिन चिट दिँदै आएको विशेषले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल भ्रष्टाचारी ठहर गरेको हो । जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार घुससहित पक्राउ परेका उनलाई बिशेष अदालतले दोषी ठहर गरेको हो । गत […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतका दुई महत्वपूर्ण विभागको महानिर्देशकका रुपमा दुई बरिष्ठ सहसचिवहरुलाई खटाइएको छ । अघिल्लो क्याविनेट बैठकले ५९ जना सहसचिव चलाउँदा माओवादी निकटका सहसचिव चक्रबहादुर बूढा र कमल भट्टराईलाई ती निकायबाट निकालिएपछि रिक्त रहेको विभागमा राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाउने निर्णय गरेको हो । […]

सशस्त्र प्रहरी बलका एसपी वीरसिंह साहुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए। साहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ […]

काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । मन्त्रिपरिषदका निर्णयहरु:

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नतिजा अनुसार  महानगरपालिकातर्फ ललितपुर महानगरपालिका अब्बल साबित भएको छ । उक्त महानगरपालिकातले आर्थिक बर्ष ७९/ ८० मा ८४ दशमलव ५० अंक प्राप्त गरेको छ । यस्तै भारतपुर महानगरपालिकाले ८३ दशमलव ८३ अंक प्राप्त गर्दा विराटनगर […]

चितवन । सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन्। चितवनको भण्डारमा आयोजित सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिएका हुन्।राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।