यी हुन बालेन सरकारका सारथी

प्रतिनिधि सभा सदस्य बालेन्द्र साहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ ।
वालेन शाहले आजै दिँउसो १२ बजेर ३४ मिनेट जाँदा शपथ लिँदैछन् । यसैगरी उनका क्याविनेटमा रहने मन्त्रीहरुको नाम टुंगो लागेको छ । रास्वपा सभापति रवि लामिछोनेको निवास बूढानीलकण्ठमा भएको नेताहरूबीचको छलफलमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याइएको हो । वालेन नेतृत्वको सरकारमा दोश्रो वरियतामा रहने गरी स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । वाग्ले अर्थमन्त्री र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त गर्ने निर्णय भएको हो ।

बिज्ञापन

नयाँ मन्त्रिमण्डलमा सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने टुंगो लगाइएको छ । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित उनलाई गृहमन्त्री बनाउने सहमति भैसकेको छ भने सोविता गौतम कानुन,न्याय तथा सँसदीय मामिला,शिशिर खनाल परराष्ट्र र प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने बिषय टुंगो लागेको रास्वपा स्रोतले जनाएको छ । यस्तै,क्याविनेटमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् । रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी टुंगो लागेको छ । यस्तै स्वास्थ्यमन्त्रीमा निशा महत्तोको नाम टुंगो लागेको छ भने गनेश पौडेललाई पर्यटन र सस्मित पोखरेल शिक्षा मन्त्री बन्दैछन् । यस्तै, अमरेश कुमार सिहंलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाउने भएको छ । महिला तथा जेष्ठ नागरिक मन्त्रीमा सीता वादीको नाम टुंगो लागेको छ ।यस्तै,गीता चौधरी,कृषि मन्त्री बन्दैछिन् भने विक्रम तिमल्सिना,सञ्चारमन्त्री र दिपक साह,श्रम मन्त्री बन्ने टुंगो लागेको छ ।

बिज्ञापन

यद्यपि यो समाचार तयार पार्दासम्म मन्त्रीहरुको नाम शीतलनिवासमा पुगिसकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

सामान्य प्रशासनले करोडौंको वैदेशिक साहयताको हिसाब देखाएन

बिशेष