गृह,राष्ट्रिय योजना आयोगसहितका प्रदेशका दुई सचिव पद रिक्त छ । यी पदमा सचिव नियुक्ति कहिले होला ? सबैभन्दा शक्तिशाली मन्त्रालय मानिएको गृह सचिव को होलान ? अहिले कर्मचारी वृत्तमा चासोको बिषय बन्न पुगेको छ । राष्ट्रिय योजना आयोगका सचिव डा तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि सचिव पद रिक्त छ । दुई वटा […]

२ सचिव,१७ सहसचिव र ५८ जना उपसचिव यता उता पारिसकेको अर्थ मन्त्रालयले ठूलो संख्यामा अधिकृतहरुको सरुवा तयारी गर्दैछ । मन्त्रालयले मातहतका भन्सार विभाग आन्तरिक राजस्व विभागमा कार्यरत अधिकृतहरुको सरुवाको गृहकार्य गरिरहेको छ । अर्थ मन्त्री विष्णु पौडेलले घिमिरे वन्धु दुई सचिवलाई अर्थमा भित्र्याएसँगै १७ सहसचिवहरुको सरुवा गरिसकेका छन् । गत भदौं २ गते अर्थमन्त्री विष्णु […]

सरकारी कर्मचारी तथा निकायहरूमा हुने बेथितिमा लगाम लगाउने दायित्व बोकेको निकाय हो‑राष्ट्रिय सतर्कता केन्द्र । अन्य मन्त्रालय,निकाय वा कार्यालयका कर्मचारीहरुले कानुन र नियम विपरित काम गरे उनीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने निकाय पनि हो यो । तर यही निकायमा बस्ने ठालू कर्मचारीहरुले सरकारी नियम कानुनको धज्जी उडाएर सरकारी स्रोत सम्पत्तिमा रजाई गरिरहेको भेटिएको छ ।सरकारी […]

सरकारले तीन देशका लागि महावाणिज्यदूत नियुक्त भएका छन् । चीनका ल्हासा र ग्वान्जाउ र भारतको कोलकाताका लागि माहावाणिज्यदूत नियुक्त गरिएको हो । गत महिना सरकारले ५९ वना सहसचिवहरुको सरुवा गर्दा तीन सहसचिवलाई परराष्ट्र मन्त्रालयमा खटाएको थियो । जसमा महावाणिज्यदूत नियुक्त गर्ने गरी सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला परराष्ट्रमा सरुवा भएका थिए । […]

सरकारले संघमा ४ सहसचिव,५५ उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको छ । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । जसअनुसार, कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ । मन्त्रालय अन्तर्गतका परियोजनाहरु सञ्चालन […]

काठमाडौं । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी÷पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको बताएका हुन् । उनले भने,‘यो महामारीमा सबभन्दा बढि पीडित भनेको सडक नै परेको छ […]

मन्त्रिपरिषद्‌ बैठकले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ । भदौ १३ गतेको मन्त्रिपरिषद्‌ बैठकले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गरेको हो । नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागवाट कार्य विभाग, चन्द्र प्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र बंशी राज दाहाललाई कार्य विभागवाट मानवस्रोत विभागमा सरुवा गरेको छ […]

काठमाडौँ । मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णयहरु:

सन् १९९१ को साहित्य तर्फको नोबल पुरस्कार दक्षिण अफ्रिकाकी ६९ वर्षीय नादिन गोड्डी मेयरले पाइन्। बिहानै पसलबाट दुध लिएर फर्किदा उनको घरको ढोकामा थुप्रै गुलाफका फूलहरू र बुकी थिए। उनी प्रसिद्धि कमाइसकेकी लेखिका थिइन्। योग्य थिइन्। तर बिहान उनले नोबेल प्राइज पाएको कुरा उनलाई भन्दा बढी पहिले छिमेकीलाई थाहा भयो। यस्ता थुप्रै घटना छन्। कसैले […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रावधानसहितको विधेयक अहिले बहसमा छ । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ माथि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएपछि सरोकारवालाहरूले विधेयकको यो प्रावधान हटाउनुपर्ने बताइरहेका छन्  । विशेष गरी उक्त विद्येयकमा रहेको निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने बिषयमा व्यापारीहरु त्राहीमाम भएका छन् । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।