प्रशासन
नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाइदिएका छन् । प्रंसग हो, देवदह नगरपालिकाको ।सो पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक अनियमितता चुलिएको भन्दै नगरपालिकाकाका ८ वटा वडाका वडाध्यक्षले सामुहिक रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकेका हुन । सो पालिकाको […]
भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनाले सफाइ पाएका छन् । नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीयसहित सात जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले रुपन्देहीको कोटहीमाई गाउँपालिका १ अवस्थित दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै बिशेष अदालतमा मुद्धा दायर […]
जसरी अर्थ र भन्सारमा बसेर राज गरिरहेका सहसचिव सेवन्तक पोखरेलले शक्ति प्रयोग गरेर मधेश प्रदेशको अर्थ मन्त्रालयमा भएको सरुवा उल्टाए ठीक उसैगरी दुई जुनियर सहसचिवलाई संघकै कार्यालय त्यसमा पनि अर्थ मन्त्रालय नै चाहिँदा लफडा निस्किएको छ । ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ भनेझै दुई सहसचिवलाई प्रदेशमा नपठाई संघकै कार्यालयमा राख्न र अर्थमै टिकाइराख्न अर्थमन्त्री डा […]
संघीयताको जग स्थानीय तह हो। शासकीय व्यवस्थामा उत्पादन, विपत्त व्यवस्थापन र वित्तरणको केन्द्रको उपमा पाएको स्थानीय तहका हरेक गतिविधिहरुलाई नागरिकहरुले नजिकबाट नियालिरहेका हुन्छन। साथै नागरिक स्थानीय सरकारका सुखदुखका सारथी बन्न चाहन्छन। नागरिक प्रतिको जिम्मेवारी एवं प्रतिवद्धता र आफ्नो कर्मभूमि प्रतिको सपना पुरा गर्न स्थानीय तहका प्रमुखहरुमा समेत दीर्घकालीन सोच, संकल्प र कार्ययोजना हुने गर्दछ। त्यो […]
गुल्मी जिल्लाका ४ स्थानीय तह कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिएका छन् । जिल्लाका ४ स्थानीय तहले मगर दिवसको अवसरमा भोलि फागुन १५ मा सार्वजनिक बिदा दिएका हुन् । चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिव र १० जना उपसचिवहरू सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिना देखि कर्मचारीको सरुवा ठप्प भएको हो।उनीहरू यतिबेला अतिरिक्त ‘बरन्डा’मा राखिएका छन्। मन्त्रालयको अनुसार कर्मचारी प्रशासन महाशाखाले एक महिनाअघि […]
सार्वजनिक खरिद सार्वजनिक निकायले प्रतिस्पर्धा मार्फत वस्तु वा सेवाको प्राप्ति गर्ने विषय संग सम्बन्धित छ। सार्वजनिक खरिद प्रक्रिया खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय हुनु आवश्यक छ। यसको लागि उपयुक्त कानूनी व्यवस्था सशक्त संस्थागत संरचना खरिद प्रतिस्पर्धी वातावरण र खरिद कार्ययोजना अनुसारको खरिद तत्परता हुनु आवश्यक हुन्छ। सार्वजनिक खरिद प्रक्रिया खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय हुनु […]
एकातिर भू माफियालाई पक्षपोषण हुने गरी एकै पटक बन र भूमिबाट ऐन संशोधनको प्रक्रिया अगाडि बढाइरहेको स्थिति छ । पहाड छाडेर तराई झरेका, सार्वजनिक–सरकारी जग्गा दशकौंदेखि कब्जा जमाएर बसेकालाई कौडीको भाउमा बाँड्नका लागि ऐन संशोधन मात्र हुँदै छैन कि ५० प्रतिशत राजश्व छुट दिने प्रस्ताव अगाडि बढिरहेको समयमा भूमि मन्त्रालयबाट फेरि अर्काे गम्भीर बदमासी भएको […]
कोशी प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा २ सय २१ जना माग गरेको छ । प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदमा २ सय २१ जना माग गरेको हो । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) […]
न्यायपरिषद्को बैठकले दुई न्यायधीशलाई बर्खास्त र एकलाई सचेतनासहित सरुवा गरेको छ । परिषद्को आइतबार बसेको बैठकको सिफारिसमा उच्च अदालतका न्यायाधीश डा नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदमुक्त गरेका हुन् । यस्तै सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर […]