विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा प्रकरणमा अख्तियारको हिरासतमा रहेको सुनिल पौडेललाई दोषी ठहर गरेको छ । अख्तियारले गत असोज दोश्रो साता नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा ९ जनालाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो । वैशाख २ गतेदेखि नै विशेष अदालतको इजलाशमा यस मुद्धाको […]

नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनीहरुले एक घण्टा लामो भेटवार्ता गरेका हुन् । भेटमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा।थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र एसियन विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस सहभागी थिए । करिब […]

मुलुक संघीयतामा गयो तर एक लाखदेखि पाँचसम्म बजेट माग्नेको भीड अहिले पनि उस्तै देखिन्छ सिंहदरबारमा । अर्ब/करोडका होइन केही लाखका योजना बोकेर संघीय सांसददेखि जनप्रतिनिधिहरु नै सिंहदरबार धाइरहेको रोचक दृश्य देख्न पाइन्छ अचेल । आगामी आर्थिक वर्षका लागि धरानका मेयर हर्क साम्पाङले सबैजसो मन्त्रालयमा पुगेर मन्त्रीहरुसँग नै भेट गरेर योजना पेश गरे,बजेट माग गरेर धरान […]

युवा तथा खेलकुद मन्त्रालयले दलका नेताको नाममा हुने खेलकुद प्रतियोगिताको बजेट काट्ने निर्णय गरेको छ । मन्त्रालयमा आज बसेको नियमित बैठकले विभिन्न राजनीतिक दलका नेताको नाममा चलेका प्रतियोगितालाई राष्ट्रिय बजेट नछुट्याउने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित बिहीबार बसेको नियमित बैठकले यस्तो निर्णय […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी संस्थामा काम नगर्न कडा निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मातहतका कर्मचारीलाई बिदा स्वीकृत गराई स्वदेश तथा विदेशस्थित निजी स्वास्थ्य संस्थामा काम नगर्न भनेको हो । ‘यस मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एंव कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट,एघारौं तहका १६ जना कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाएको छ । यस्तै एक जना दशौं तहको कर्मचारीलाई जिम्मेवारी तोकिएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मेसु डा बद्री रिजाललाई हटाएर उक्त ठाँउमा डा […]

नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धाको विशेष अदालतमा लगातार सुनुवाई भइरहेको छ । वैशाख २ गतेदेखि नै विशेष अदालतको इजलाशमा यस मुद्धाको अन्तिम किनारा लगाइदैंछ । यो प्रकरणमा अख्तियारले बहालावाला उद्योगसचिव मधुकुमार मरासिनी (तत्कालीन अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम […]

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव एक नारायण अर्याल, रक्षा सचिव किरण राज शर्मा, प्रहरी […]

दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो । तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो […]

स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ। मन्त्रालयले स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाएको हो। मन्त्राययले गुनासो प्राप्त भए लगत्तै निगरानी बढाएउँदै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सार्वजनिक सूचना जारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।