प्रशासन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार जना उपसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,उपसचिवहरु ममता बास्तोला,मोहन निरौला,विजय भुर्तेल र चिरञ्जिवी भण्डारी सरुवा भएका हुन । युवा तथा खेलकुद मन्त्तालयमा कार्यरत ममता बास्तोला सञ्चार तथा सूचना प्रविधि,भूमि व्यवस्था मन्त्रालयबाट मोहन निरौला भौतिक पूर्वाधार,सञ्चार मन्त्रालयमा कार्यरत विजय भुर्तेल सामान्य प्रशासनको अतिरिक्त समूह र महिला […]
काँग्रेस निकट नेपाल विद्यार्थी संघका नेताले कर्मचारीलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएका छन् । अपरिचित नम्बरबाट फोन गरेर उनलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएको ती कर्मचारीले कर्मचारी प्रेससँग बताएका छन् । रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई २४ घण्टाभित्र जिल्ला छोड्न धम्की दिइएको उनले बताएका छन् । निकुञ्जका वरिष्ठ संरक्षण […]
मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध पनि आजै भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीसहित नापी कार्यालयका तत्कालिन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ का बुद्धमाया थापा मगर, उनका नाती रामकृष्ण थापा मगरविरुद्ध मुद्दा दर्ता गरेको हो । त्यस्तै, फुर गेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पा दिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा […]
सरकारले लगानी सम्मेलनको बाहनामा हदबन्दी भन्दा बढी जग्गा भएका कम्पनीलाई पोस्ने गरी केही ऐनमा अध्यादेशमार्फत हेरफेर गर्ने तयारी गरेको छ । गत सोमबार बसेको क्याविनेट बैठकले भूमिसम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, जग्गा प्राप्ति ऐन, विद्युतीय कारोबार ऐनका साथैं विशेष आर्थिक क्षेत्र ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि […]
लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त […]
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एक डीआइजी र ६ जना एसएसपीको सरुवा गरेका छन् । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ । यस्तै, काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् । उपत्यका […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत आउने गरी काम गर्न पूर्व कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पूर्वकर्मचारी समाज नेपालले काठमाडौंमा आयोजना गरेको साधारण सभालाई सम्बोधन गर्दै देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने गरी आजैदेखि काम गर्न पूर्वकर्मचारीहरूलाई निर्देशन दिएका हुन । हरेक आन्दोलन र लोकतन्त्रको प्राप्तिमा समेत कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका […]
सरकारले लामो रस्साकस्सी पछि २८ सहसचिवको सरुवा टुंग्याएको छ । हिजो बसेको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा गरेको हो । सरुवाका सूची अनुसार प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरु रहेका छन् । सरुवाको सूची अनुसार सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका देवराज जोशी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । […]
नक्कली लाइसेन्स जारी प्रकरणमा छानबिन समितिले दोषी करार गरेका एक कम्युटर इञ्जिनियर सेटिङ मिलाएर अख्तियारमा पुगेका छन् । झण्डै ३० हजार बढी नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले यातायात व्यवस्था विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीकै नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा यातायात व्यवस्था विभागका शाखा अधिकृत अर्जुन अधिकारी,सविन श्रेष्ठका अलवा प्रहरीको […]
सरकारका चार सचिव यही महिनामा अनिवार्य अवकाशमा जाँदै छन् । वैशाख १७ गते एकै दिन तीन सचिव र २८ गते अर्काे सचिव अनिवार्य अवकाशमा जान लागेका हुन । अवकाशमा जान लागेकामध्ये प्रशासन सेवातर्फका १,कृषि सेवा मसूहका १ र बाँकी २ न्याय सेवाका रहेका छन् । निजामती किताबखानाको विवरण अनुसार शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले राजीनामा […]