प्रशासन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले लापरवाही गर्न थालेको, समयमै कार्यालयमा उपस्थित नहुने तथा नीजि क्लिनिकहरु चलाउने गरेको भन्ने गुनासो बढ्न […]
अहेव विन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। मंगलबार विशेषले उनीसहित जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गीता कोइरालालाई सफाइ दिएको हो। ६ महिना अघि दायर मुद्दामा विशेषले यस्तो फैसला गरेको हो । अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत कोईरालामाथि ६ महिना अगाडी विशेष अदालतमा मुद्दा दायर गरेको […]
विशेष अदालतले नेपाल टेलिकमको गेटवे पेमेन्ट प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ […]
सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो । अधिकारीको हकमा आयोगले नोटिसमा मात्र राख्नु भनेको […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ । ‘संघीय संसदको गत अधिवेशनमा मंैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । सो सम्बन्धमा […]
गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। हिजो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्। हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो। श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो। तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
सरकारले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । विश्वविद्यालय पूर्वाधार निर्माण विकास […]
प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुख परिवर्तन गरेको छ । इलामका एसपी वासुदेव खतिवडा र सिराहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिराहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ […]
स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ ।एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् । साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको […]