टोखा मालपोत कार्यालयमा दुई पौडेलको मिलेमतो

काठमाडौँ । मालपोत कार्यालय टोखामा लामो समयदेखि देखिएको सेटिङ्गको जालोमा दुई नाम निरन्तर चर्चामा छन्— नासु प्रकाश पौडेल र खरिदार रबिन पौडेल।

बिज्ञापन

तीन वर्षदेखि मुद्दा शाखामा कार्यरत प्रकाश पौडेलले टोखाको  फिल्डबूक मोही महलको  बनबुट्यान लेखिएको साङ्ग्ला गा.वि.स.को जग्गा बिचौलियाको नाममा दर्ता गरी नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन छ। पछि सोही जग्गा डिल्लिबजार मालपोत प्रमुख लोकबहादुर भण्डारीले मोही लगत कट्टा गर्दा विवादास्पद रूपमा बनबुट्यान हटाइएको स्रोत बताउँछ।

बिज्ञापन

नासु प्रकाशलाई गत वर्ष सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयमा सरुवा गरेको थियो। तर, बिभागका पटक–पटक ताकेता हुँदाहुँदै पनि सरुवा कार्यान्वयन भएन। अर्का सरुवा र काजमा खटिएका कर्मचारीलाई जबरजस्ती रमाना दिइएको तर प्रकाशलाई नदिइनु पछाडि ठूलो खेल रहेको कर्मचारीहरू बताउँछन्। हाल तलब भत्ता समेत दरबन्दीभन्दा बढीलाई दिइएको लेखा अनियमितता प्रकाशकै संरक्षणमा भएको छ।

यता, खरिदार रबिन पौडेल  २०७९ असार २८ गतेदेखि टोखा मालपोतमा कार्यरत छन् र मुद्दा ख शाखामा साविक साङ्ग्ला, झोर, धापासी क्षेत्र हेर्दै आएका छन्। कर्मचारीहरूका अनुसार उनले हाकिम तथा विभागका कर्मचारीलाई हप्तैपिच्छे सम्पर्क गराउने गरेका छन्। उनका नजिकका बिचौलिया प्रमोद खड्का मार्फत धेरै सेटिङ्ग मिल्ने गरेको स्रोतको दाबी छ।

बिज्ञापन

मालपोत टोखामा जग्गा दर्ता, हक कायम, लाभकर असुली, सरुवा कार्यान्वयन र रमाना प्रक्रियामा अनियमितता प्रकाश र रबिनको मिलेमतोमा हुने गरेको कर्मचारीहरूको आरोप छ। सामान्य प्रशासनले पटक–पटक पत्राचार गरेर पनि कारबाही गर्न नसक्नु, विभागीय निर्देशन उल्ट्याउनु र सरुवा नगरी जोगाउनुमा उच्च तहसम्मको सेटिङ्ग संलग्न रहेको स्रोतको दाबी छ।
अख्तियारमा मुद्दा विचाराधीन भए पनि यी दुबै जना अझै सक्रिय रहनु, कार्यालयमै आर्थिक तथा प्रशासनिक प्रभाव जमाउनु र कर्मचारीलाई हरेक दिन त्रसित बनाउनु नै टोखा मालपोत कार्यालयलाई ‘आतंकित’ बनाइरहेको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष