प्रशासन
भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले एकै पटक २७५ जना खरिदार,नासु र अधिकृतहरुको सरुवा गर्दा कोही कर्मचारीहरु तीन महिनामै सरुवामा परेका छन् भने पावर र पहुँच मिलाउन सक्ने कर्मचारी एउटै कार्यालयमा ९ बर्षदेखि टिकिरहेका भेटिएको छ । गत १४ असोजको राती १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद […]
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले रैथाने कर्मचारीहरुको सरुवा गरेको बताएका छन् । उनले नौ–नौ÷दश÷दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहेका रैथाने १ हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएको बताए । उनले भने, ‘नौ–नौ/दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी […]
लोक सेवा आयोगले सब-इन्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी सब-इन्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो । सब_इञ्जिनियर_हाइवे (1)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ट्रेडयुनियनहरुको आतंक रहेको बताए । उनले कर्मचारीलाई कारबाही गरेको अवस्थामा ट्रेड युनियनहरुले कार्यालय प्रमुखलाई कालोमोसो दल्ने तथा भौतिक आक्रमणसम्म गर्ने स्थिति रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही […]
निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अमेरिकाबाट भर्चुअल सुनुवाइ भएको छ । पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालसमेत जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले सोमबार बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बहस गरेका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय डा. खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासमा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताएका हुन् । साथै उनले विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल […]
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताउनुभएको छ । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उहाँले बताउनुभएको हो । आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक […]
सरूवा विवादमा मुछिएर सरूवामा परेका सहसचिवमाथि कारवाही गर्न समिति गठन भएको छ । गत १४ गते कर्मचारीहरुको सरूवा गरेर योजना आयोगतिर पुगेका कृष्ण सापकोटाले कर्मचारी सरूवा गर्दा आर्थिक शुभलाभ लिएको र मनपरी ढङ्गबाट करिव पौने पाँच सय कर्मचारी सरूवाको बिषयमा छानबिन गर्न मन्त्रालयले समिति बनाएको हो । भूमि व्यवस्था तथा अभिलेख विभाग मातहत एकै पटक […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरूको सरुवा भएको छ । मन्त्रालयले विहिबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालय तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । हरिपुर नगरपालिकाका ओमप्रकाश महत्वलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, खाँदवारी नगरपालिकाका रामदत्त भट्टलाई बेदकोट नगरपालिका, बैकुण्ठ प्रसाद सापकोटालाई चौतारा साँगाचोकगढी नगरपालिका, त्यहाँका […]
हरित कर हरित कर (Green Tax) भनेको वातावरणलाई हानि गर्ने क्रियाकलाप वा उत्पादनहरूमा लागु गरिने कर हो। यसको उद्देश्य वातावरणको संरक्षण गर्नु, हरित प्रविधिहरूको प्रोत्साहन गर्नु, र दुषित तत्वहरूको प्रयोगलाई कम गर्नु हो। यसको लक्ष्य दीगो विकासलाई सुदृढ गर्नु र भविष्यका पीढीका लागि स्वस्थ वातावरण सुनिश्चित गर्नु हो। हरित कर (Green Tax) को प्रकारहरू: उद्योगमा […]