प्रशासन
केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८१ /८२ मा सबै प्रकारका अनुदानमार्फत कुल ४ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको छ । जसअनुसार, सबैभन्दा बढी कर्णाली प्रदेशमा १६ अर्ब ३ करोड र सबैभन्दा कम मधेश प्रदेशका लागि ११ अर्ब ३५ करोड बजेट अनुदानमार्फत पठाउने तयारी गदृैछ । यस्तै कोशी […]
देशभरका स्थानीय तहका प्रमुखहरु आन्दोलनमा उत्रेका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा अनुदानको रकम बजेटमार्फत २५ प्रतिशत अनुदान कटौती गरेको भन्दै स्थानीय तहका प्रमुखहरु आन्दोलित भएका छन् । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका गाउँपालिका र नगरपालिका प्रमुखहरू आन्दोलित भएका हुन । केन्द्र सरकारले वित्तीय समानीकरण अनुदान कटौती […]
सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिएको हो । सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्याम्प राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही जेठ १७ गते सचिवस्तरीय […]
विशेष अदालतका तीन न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । विशेष अदालतले गिल्ट इन्भेष्टमेन्ट प्रालिका सञ्चालक तथा होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो ह्याप्पीका मालिक सुरेन्द्रबहादुर सिंहलाई मुख्य प्रतिवादी बनाइएको मुद्दामा सफाई दिएको छ ।रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएसँगै उनीसहितका न्यायधीशहरुमाथि छानबिनको […]
नेपालको पूरानो रोगै हो,निर्णय हुने कार्यन्वयन नहुने । गत पुसमै क्याविनेटले एउटा निर्णय गर्यो कि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुको दरबन्दी कटौती गर्ने । सोही निर्णय कार्यन्वयन गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले एकै पटक सचिवालयका १८ जना कर्मचारी एकै पटक कटौती गरे । जसमा जनसम्पर्क सल्लाहका देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्यदेखि प्रेस संयोजक नारायणप्रसाद ढुंगानाका अलवा प्रधानमन्त्रीको […]
प्रधानमन्त्री निवास रहेकै क्षेत्र (ललिता निवास) वालुवाटारको १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला आएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुने गरी फैसला गरेको हो ।यो प्रकरणमा विशेष अदालतले पूर्व मन्त्रीहरु […]
साधरण रुपमा सरकारी कर्मचारीलाई निजामती कर्मचारी भन्ने गरिएको छ ।विशिष्ट सीप , ज्ञान र क्षमता भएका स्थायी प्रवृतिका राज्यको कोषबाट तलब भत्ता पाउने, गैर सैनिक व्यवसायीक समूहलाई निजामती सेवाको रुपमा परिभाषित गर्ने गरिएको छ । नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको […]
पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरुको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन सेवा सामान्य प्रशासन समूहका १०,इञ्जिनियरिङ सेवातर्फका ४ र शिक्षा सेवाका १ जना रहेका छन् । सरुवाको सूची अनुसार,इलाका प्रशासन दाङबाट यज्ञबहादुर बुढा निर्वाचन आयोग अन्तर्गत,कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशमा कार्यरत रामेश्वर अर्यालललाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सारिएको […]
दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा उक्लिएलगत्तै सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले घोषणा गरेका थिए कि प्रतिवेदन सार्वजनिक गर्दै अक्षरश कार्यान्वयन गर्छु । प्रतिवेदनले औंल्याएका सबैलाई कारवाहीको दायरामा ल्याउने उनको सार्वजनिक घोषणा समयक्रमसँगै लोकरिझ्याई कै निरन्तरता रहेछ भन्ने पुष्टि भएको छ । तत्कालीन प्रमुख प्रतिपक्ष एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आयोग गठनको माग […]