हक्की अधिवक्ता अर्याल कार्यपालिकाको अग्निपरीक्षामा

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

बिज्ञापन

शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री अर्यालले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

बिज्ञापन

शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै उनले तीन वटा निर्णय गरेका छन् । जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने र मृतकका परिवारलाई प्रति मृतक रु १ लाख काजकिरिया खर्च उपलब्ध गराउने छन् ।साथै मृतकहरूको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसधान व्यवस्थापन गर्ने र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने बताए ।

अर्याललाई गृहको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।  अर्याल निडर र हक्की स्वभावका अधिवक्ता हुन । जब–जब संविधानमाथि प्रहार हुन्छ रिट बोकेर अदालत पुगिहाल्थें चाहे गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरण होस् वा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई–दुई पटक संविधानको चीरहरण । लोकमानसिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडेर होस् वा खिलराज रेग्मी र चोलेन्द्रसमशेर राणाको ज्यादतीविरुद्ध लड्ने पनि यिनै हुन् । अर्यालले २०६९ चैत ७ मा कार्कीको नियुक्तिविरुद्ध पहिलोपटक अदालतमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामा सुशीला कार्कीको बेञ्चले सुनुवाइ गर्दै चैत ९ मा नियुक्ति नगर्न अन्तरिम आदेश दिएको थियो । ३७ दिनपछि २०७० वैशाख १६ मा सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजालासले खारेज गरेपछि लोकमान नियुक्तिको बाटो खुलेको थियो ।सोही मुद्धामा तेस्रो प्रयासमा सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गर्दाका सन्दर्भमा भएका काम कारबाही उत्पेषणको आदेशद्वारा बदर हुने ठहर गरेको थियो ।

बिज्ञापन

केपी शर्मा ओलीकै कार्यकालमा संवैधानिक निकायमा ५२ भाइको नियुक्तिलाई असंवैधानिक ठहर गर्दै उनले दर्ता गराएको रिट साढे चार वर्षपछि सर्वोच्चले खारेज गरेको भर्खरै मात्र हो । उनी सो फैसलालाई सिद्धान्तहीन, दिशाहीनको रूपमा टिप्पणी गर्दछन् । ०५५ सालदेखि कानुनी अभ्यास गरिरहेका अर्याल, संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षको समेत भूमिकामा रहेका थिए ।

गुल्मीमा जन्मिएका अर्यालले मानवअधिकारको विषयमा एलएलएम गरेका छन् । एमालेबाट विद्यार्थी राजनीति गरेका उनी ०७३ सालदेखि सो पार्टी त्यागेर केही समय विवेकशील साझामा जोडिए । ४ महिना सो पार्टीमा रहेर काम गरेपछि उनी आफ्नो व्यस्तताका कारण जनाउँदै राजीनामा दिएर कानुन व्यवसायमा बढी सक्रिय भए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेनको कानुनी सल्लाहकारको भूमिका थिए ।

अर्याल दुई दशकदेखि वकालत पेसामा छन् ।सानेपामा राइट्स ल फर्मका सञ्चालक समेत रहेका उनको पत्नी पुनदेवी महर्जन सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान मन्त्रीको कुर्सीमा : कासमूमा शून्य अंक दिने सहसचिवहरु अब के गर्लान ?

हक्की अधिवक्ता अर्याल कार्यपालिकाको अग्निपरीक्षामा

अर्थ प्रशासनका विज्ञ अर्थमन्त्रीको कुर्सीमा :टुक्रे आयोजना कार्यन्वयन नगर्ने पहिलो निर्णय

सम्पत्ति विवरण बुझाउने म्याद सकियो, ६८ हजार ४८८ कर्मचारीले बुझाए विवरण

विश्व अर्थ राजनीतिमा जेन्जीको प्रवेश

गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

कार्की क्याविनेट विस्तार,तीन मन्त्रीले शपथ लिँदै

बिशेष