प्रशासन
१. परिचय (Introduction) : व्यूरोक्रेसी अर्थात् नोकरशाही शब्द फ्रेञ्च शब्द जस्को अर्थ लेख्ने मेच र क्रेटिन जसको अर्थ गर्नु हुन्छ वाट मिलेर बनेको मानिन्छ । अर्थात् व्यूरोक्रेसी जस्लाई नोकरशाही पनि भनिन्छ, को सिधा अर्थ “मेचको प्रशासन” भन्ने हुन्छ । व्यूरोक्रेसी शब्दलाई पहिलोपटक फ्रेञ्च अर्थशास्त्री एम.डि.गोर्नी (M.D.Gourney) ले १८ औं शताद्विको मध्यावधिमा प्रयोग गरेका थिए । […]
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंँका तत्कालीन मुख्य प्राविधिक सहायक पदमा कार्यरत राजाराम भण्डारीलाई तीन हजार जरिवानाको फैसला भएको छ । भण्डारीको एस एल सी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषका न्यायधीशहरुले उनलाई तीन हजार जरिवानाको फैसला सुनाएको हुन । भण्डारीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव कालीप्रसाद पराजुलीलाई दिइएको छ । केही अघिमात्र शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भित्रिएका पराजुलीलाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो । पराजुलीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । १० महिना काठमाडौंको प्रमुख जिल्ला […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु। यो […]
सरकारले लोकसेवालाई छलेर एक बर्षमै ८ हजार ८ सय ६६ अस्थायी दरबन्दी सृजना गरेको छ । आफ्ना कार्यकर्तालाई भर्ती गर्ने उदेश्य अनुसार झण्डै साढे नौ हजार स्थायी दरबन्दी स्वीकृत गराइएको भेटिएको हो । प्रशासनिक खर्च घटाउन भन्दै १८ वटा निकाय खारेजी प्रस्ताव गरेको सरकारले विभिन्न १७ वटा निकायमा ८ हजार ८ सय ८६ अस्थायी दरबन्दी […]
मुलुकमा प्रशासनिक बेतिथी कुन हदसम्म मौलाउँदै गइरहेको छ भन्ने बुझेन एउटा सानो तथ्य हेरौं :- सरकारले कर्मचारीहरुलाई महिनौंसम्म जिम्मेवारविहिन बनाएर एक बर्षमै १८ करोड ४८ लाखभन्दा बढी रकम भुक्तानी गरेको भेटिएको छ । सरकारले उच्च तहका प्रशासक,तल्ला तहका कर्मचारीलाई जगेडामा राखेर एक वर्षमै १८ करोड ४८ लाख ६० हजार भुक्तानी गरेको भेटिएको छ । आर्थिक […]
एक जना सरकारी कर्मचारीले ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा नै किनिदिएको भेटियो । यस्तो कर्ममा संग्लग्न रहेका लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन्। अख्तियारले इन्जिनियर भट्टराई पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणका आधारमा विशेषमा […]
एक जना कर्मचारी नेताले आफ्नै हाकिममाथि हातपात र कुटपिट गरेर उल्टै प्रहरीकहाँ निवेदन बोकेर पुगेको भेटिएको छ । प्रंसग हो,त्रिभुवन विमानस्थतलको । निगमको सरसफाइ शाखाका हाकिम कर्मचारी ट्रेड युनियनका नेताबाट कुटिएका हुन । एउटा महिला कर्मचारीलाई नाइट सिफट्मा नियुक्ति र अतिरिक्त भत्ताको व्यवस्था गर्न नमान्दा कर्मचारुीका नेताले विमानस्थलको त्तिआन्तरिक टर्मिनलको भीभीआईपी कक्षअगाडिको निगमको कार्यालयमा सफाइ […]
आज बसेको क्याविनेट बैठकले विभिन्न निकायमा नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धक र अन्तराष्ट्रिय सम्मेलन केन्द्रको कार्याकारी निर्देशकको नियुक्ति गरेको हो । हेटौंडा सिमेन्टको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति पाएका छन् भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई नियुक्त गरिएको […]
सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । अघिल्लो पटक कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाइएको हो । […]