समावेशिताको सुन्दर पक्ष नै यही हो । ६२/ ६३ को आन्दोलन पछि सार्वजनिक सेवामा समेत समावेशिता प्रणालीबाट पदपूर्ति हुन थालेको छ । ६४ यता समावेशी कोटाबाटै २४ हजार १२५ जना निजामती सेवामा प्रवेश गरेको लोकसेवा आयोगले जनाएको हो । आयोगको तथ्यांक अनुसार,संघीयता लागू भए यता,महिला ८ हजार २ सय ५९,आदिवासी जनजाती ६ हजार ४ सय […]

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइंटेल भ्रष्टाचारमा तानिएका छन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम अपचलन गरेको अभियोगमा उनीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको हो । मुद्दा चलाइएकाहरुमा तत्कालिन वडा सचिव कल्पना बास्कोटा, ईलाका प्रशासन कार्यालय रंगेलीका तत्कालिन प्रशासकीय अधिकृत सुनिल पौडेल, नायब सुब्बा रमेश कोइराला, […]

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)को उपलक्ष्यमा सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै सोमवार सार्वजिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । सार्वजनिक विदाका दिन शैक्षिक संघसंस्था, बीमा, सेयर बजार, बैंक तथा वित्तिय संस्था बन्द हुनेछन् ।

विषय प्रवेश  सार्बजनिक निकायमा काम गर्ने उच्च पदस्थ व्यक्तिको कार्यालय समयमध्ये के कति समय बैठकमा बिताउँनु पर्छ होला ? बैठकका लागि तोकिएको स्थानमा पुगेर पनि बैठक शुरु नभएको कारण के कति समय कुर्नु परेको होला ? निज बैठकमा गएको वा बसेको कारण अरुले के कति समय कुर्नमा लगाए होलान ? यस्ता बैठकहरूमध्ये के कति बैठक […]

पछिल्लो समय एक पछाडि अर्काे स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु भ्रष्टाचार मुद्धामा तानिरहेका छन् । यही आर्थिक बर्षमा मात्र ४५ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा चलेको छ । तिनै प्रमुख प्रशासकीय अधिकृतको भीडमा अर्काे शाखा अधिकृत पनि थपिएका छन् । अख्तियारले मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्धा चलाएको हो । अख्तियारका […]

बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्ने गरेको र कर्मचारीले सेवा दिने […]

लोकसेवा आयोगले गत वैशाखमा सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । आयोगले गत वैशाख ९ र १० गते सञ्चालन गरेको परराष्ट्र सेवाको उपसचिव तहको लिखित परीक्षाको नतिजा अनुसार,५ उमेद्धार अन्तर्वार्ताका लागि छनौंट भएका छन् । आयोगले १ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित १४३ जनामध्येबाट ५ […]

लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत माघ ११ र १६ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ आयोगले खुलातर्फ ६,महिला १,आदिबासी जनजाती १,मधेसी १ र पिछडिएको क्षेत्र १ जना गरी कूल १० जनाका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मेलित १६०५ जनामध्येबाट […]

संघीय संसद सचिवालयका कर्मचारीहरु आज पनि आन्दोलित भएका छन् । हिजोदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका उनीहरु आज पनि आन्दोलनमा उत्रिएका हुन । कार्यालय समय अघि वा पछि कामको प्रोत्साहन भत्ता खोज्दै संघीय संसद सेवाका कर्मचारीहरु हिजोबाट आन्दोलित भएका छन् । संविधानसभा अवधिभर ८० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउँदै आएको कर्मचारीहरुले कोभिड पछि सुख्खा तलबका भरमा […]

बहालवाला दुई मन्त्री र एक सचिव नै उच्च निगरानीमा परेका छन् । जागिर नेपालको खाने तर हातमा विदेशको पिआर लिने बहालवाला मन्त्री,सांसददेखि सचिवहरु नै उच्च निगरानीमा परेका हुन । एमाले सांसद रघुजी पन्तले हाउसमै पिआर र दोहोरो नागरिकता हुने सरकारी कर्मचारीमाथि छानबिन गर्न माग गरेका थिए । अख्तियारले गत वैशाखमा यस सम्बन्धमा निर्देशन दिएको भए […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।