प्रहरी कुट्ने, बिल फुलाउने र सत्ता हेरेर संगठन बदल्ने : विवादै–विवादमा शाखा अधिकृत छायालाल

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पर्यटन मन्त्रालयसम्मको उनको जागिरे यात्रा विवाद र अनियमिततामा डुबेको छ। शाखा अधिकृत छायालाल मोक्तान ‘अवसरवादी कर्मचारी’ को प्रत्यक्ष उदाहरण मानिन्छन्।

बिज्ञापन

माओवादी निकट संगठनको भरमा विमानस्थल पुगेका मोक्तानले प्रहरीसँग हातपातदेखि बिल फुलाएर कमिसन खानेसम्मका काम गरेर नाम कमाएका छन्।

बिज्ञापन

प्रहरीमाथि हातपात

२०८० पुस २६ मा विमानस्थलमै कार्यरत असई सञ्जय तामाङमाथि उनले खुलेआम हातपात गरे। त्यसअघि टर्मिनल ड्युटी अफिसर गोपाल घिमिरेलाई समेत कुटेका थिए। यात्रुहरूको भिडबारे छलफल गर्न पुगेका घिमिरेमाथि उनले सुरुमा नै हात हालेका र पछि जबरजस्ती माफी मागेका थिए।

बिज्ञापन

यति मात्र होइन, पास शाखाका कर्मचारी नारायण कोइरालासँग विवाद हुँदा प्रहरी जवानलाई गालीगलौज गर्दै लात्ती प्रहार गरेको दृश्य सिसिटिभीमा कैद भएको थियो।

गम्भीर आरोप लाग्दा पनि उनी कारबाही नभई सरुवामा मात्र सीमित भए। माघ १२ गते सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिले विभागीय कारबाही गर्न निर्देशन दिएको भए पनि अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङले उनलाई जोगाउँदै सरुवा मात्र गरे।

संगठन बदल्दै फाइदा लिने

विमानस्थलपछि पर्यटन मन्त्रालय पुगेका मोक्तान मन्त्री बद्री पाण्डे नियुक्त भएपछि तुरुन्तै संगठन बदलेर कांग्रेस निकट भए। सोही आधारमा उनी कर्मचारी प्रशासन शाखामा छिरे।

 

त्यहाँ उनले बाहिरबाट ल्याइने सामानको बिल पाँच हजारको गलैचा ५५ हजार देखाएर बाँकी रकम कमिसन खाने धन्दा चलाएको स्रोतले पुष्टि गरेको छ।

 

छायालाल मोक्तानजस्ता कर्मचारीले सरकार वा संगठनको रंग हेरेर आफूलाई बदल्ने र हरेक अड्डामा स्वार्थसिद्धि गर्ने प्रवृत्तिले निजामती सेवाको छवि नै मल्याएको छ। प्रहरी कुट्ने, बिल फुलाउने र कारबाही टार्ने कर्मचारीलाई जोगाउने संरचना पनि उतिकै दोषी देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काप्री र चटौत सचिवमा बढुवा

अर्थ मन्त्रालयमा राजश्व सचिवको दरबन्दी कटौती भएको हो ?

जनताको फाइल खरानी, डीजी रेग्मीको ध्यान भने कमिसनको धन्दामै

सात बर्ष पछि पूरानै मन्त्रालयमा फर्काइयो तीन विभाग

अष्टमी,नवमी र दशमीमा उत्तरगया गाउँबासीलाई पालिकाको निशुल्क बस सेवा

‘१५ प्रतिशत खराबको छायाँमा ८५ प्रतिशत इमान्दार कर्मचारी’

कर्मचारीको सेवा सुविधा कटौती गर्ने सचिवको सरुवा,अध्यक्षको गाडीको चाबी खोसियो

ओली सरकारले नियुक्ति गरेका ३१६ कार्यकर्ताको जागिर गयो,मासिक ६ करोड बचत

बिशेष