३८ बर्ष सरकारी सेवा गर्दा एक कर्मचारीले १८ करोड भ्रष्टाचार गरेको अख्तियारको आरोप छ तर ती शाखा अधिकृतलाई विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियार आज सर्वाेच्च अदालत पुगेको छ । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले सार्वजनिक पदमा रहँदा १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपियाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरे । […]

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो । आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको छ । विभिन्न देशमा रिक्त रहेका राजदूतको सिफारिका लागि हिजो सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको विवरण खोज्दै प्रतिवेदन तयार पार्ने काम अगाडि बढाएको छ। मन्त्रालयले माताहतका कर्मचारीको काज फिर्ता, रिक्त संख्या, आवश्यकताको पहिचान गर्दै नयाँ संगठन संरचना तयार पार्न लागेको हो। स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक कर्मचारी विवरण माग गर्दै आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका ३६ वटा उपलव्धी सार्वजनिक गरेका छन् । मन्त्री जोशीले पहिलो नम्बरमा संघीय निजामती विद्येयक संघीय संसदमा प्रस्तुत भइ संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका लागि गएको र यसै अधिवेशनमा पारित हुने बताएका छन् । मन्त्री जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतका […]

पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र सिकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । आज निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको गस्ती टोली र सिकारीबीच झडप भएको हो ।दोहोरो झडपमा एक जना सिकारीको मृत्यु भएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो । सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर-१४ […]

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन । मन्त्री जोशीले यही वर्षे अधिवेशनमा यो विधेयक आउँने कुराम कुनै भ्रममा नपर्न आग्रह गरे  । ‘कुनै पनि हालतमा बर्खे […]

प्रोत्साहन भत्ता खोज्दै सिंहदरबारमा संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलित छन् । गत सातादेखि आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाई भएको छैनन् । विभिन्न ११ बुँदे माग राखेर हातमा कालोपट्टी बाध्दै आन्दोलनमा उत्रिरहेका छन्,संघीय संसद सेवाका कर्मचारीहरु । उता,कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै […]

सरकारले काठमाडौं त्रिभुवन विश्वविद्यालय र पशुपति विकास कोषको जग्गा खोजविन गर्न दुई रिटायर्ड सचिवको नेतृत्वमा फरक फरक समिति बनायो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति बनायो । नेतृत्व गर्ने जिम्मेवारी दिइयो पूर्व सचिव शारदाप्रसाद त्रिताललाई । त्रिताल तिनै सचिव हुन जस्ले ललिता निवासको जग्गा खोजेका थिए । […]

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड […]

मुलुकका झण्डै एक तिहाई स्थानीय तह निमित्त हाकिमको भरमा चलिरहेको छन् । देशभरका ७५३ स्थानीय तहमध्ये ३२ प्रतिशत स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,२३८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत नभएपछि ती पालिका निमित्तको भरमा चलिरहेका छन् । यसरी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।