कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । निजामती सेवामा ३७ बर्ष बिताएर २०७९ सालमा अवकाश पाएका गुरागाईलाई आइतबार बसेको सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।खरिदारबाट निजामती सेवामा पाइला राखेर दुई बर्ष अघि सचिवबाट अवकाश पाएका […]

भोलि अर्थात सोमबार मध्यरातदेखि सरकारी खाता साता दिनका लागि रोक्का हुने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने जनाएको छ । सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुने महालेखाले […]

शारीरिक रुपमा अशक्त भई हिँडडुल गर्न नसक्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले शारीरिक रुपमा अशक्त भई हिँडडुल गर्न नसक्ने ६ जनालाई घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन । अर्यालले छथर गाउँपालिकाका ६ जना पूर्ण अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान […]

चालु आर्थिक बर्षको ११ महिनामै ७ सय ९४ निजामती कर्मचारीले सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०/ ८१ को पछिल्लो ११ महिनामा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएका हुन । किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन्। जसमध्ये यही आर्थिक […]

सरकारका बहालवाला मन्त्री,सचिव,उपसचिव नै विदेशको पिआर प्रकरणमा तानिएका छन् । मन्त्री समुना श्रेष्ठ,सचिव किरणराज रेग्मी र उपसचिव रामप्रसाद मैनाली अहिले पीआर प्रकरणमा मुछिएका छन् । यी उपर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोध्ने तयारी गरिरहेको छ । बहालवाला शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग पोल्याण्डको स्थायी आवासीय अनुमति (पिआर) रहेको उल्लेख गर्दै हालिएको […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको असार २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो । सडक विभाग,गल्छी त्रिशुली,मैलुङ,स्याप्रुवेसी रसुवागढी सडक योजनाले भारत कन्स्ट्रक्सन तथा सिद्धिसाई जेभीलाई तीन बर्षका लागि कालोसूचीमा राख्न भनेको थियो […]

अल्पमतमा परेको प्रचण्ड सरकारले रिक्त रहेको मुख्य सचिव र नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया असार २८ अघि नै टुंग्याउने ढंगले काम गरिरहेको छ । यस्कै उदाहरण हो,शनिवार सार्वजनिक बिदाको दिन समेत नभनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको नियुक्तिका लागि अन्तर्वार्ताको लिइनु । प्रधानमन्त्री पुष्पकमल दाहालले २८ असारमा विश्वासको मत लिँदैछन् । सो अघि नै नेपाल […]

रसुवा जिल्लाका पाँच पालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिएको छ,कालिका गाउँपालिकामा । उक्त पालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशतभन्दा बढी रहेको महालेखा पालिकाले जनाएको छ । महालेखा परीक्षकको कार्यालयको अन्तिम प्रतिवेदन अनुसार,उक्त पालिकामा गत आर्थिक बर्षको बेरुजु मात्र ३ करोड ७५ लाख ९९ हजार अर्थात ४ दशमलव २४ प्रतिशतभन्दा बढी बेरुजु भेटिएको हो । महालेखाले उक्त […]

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले साता दिनकै अवधिमा अर्काे मुद्धा अदालतमा दायर गरेको छ । शुक्रवार त्रिशक्ति ट्रेडर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जनविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा ७ करोड ६० लाख विगो कायम गर्दै अभियोग पत्र दायर गरेको हो । उक्त ट्रेडर्सका प्रोपाइटर महर्जनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पतिका बारेमा छानबिन गर्दा राजश्व चुहावट गरी आफ्नो बैंक खाता […]

स्वास्थ्य सेवा विभागले एकैपटक करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई हटाउने गृहकार्य अघि बढाएको हो। विभागले सूचना नै जारी गरेर साउन १ देखि करार र ज्यालादारी कर्मचारी हटाउन लागेको जनाएको छ । आर्थिक बर्ष ८१/ ८२ को स्वीकृत बजेटमा अर्थ मन्त्रालयको पूर्व स्वीकृत लिइ प्रचलित कानुन बमोजिम करारमा नियुक्ति गर्नु भनि लेखि आएको कारण […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।