Author: कर्मचारी प्रेस
नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा नेपाल टेलिकमको नाफा झण्डै २५ करोडले गिरावट आएको हो । नेपाल टेलिकमले यो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो बर्षको यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ […]
न्याय सेवातर्फका उपसचिव र शाखा अधिकृत गरी ४४ कर्मचारीहरुको सरुवा गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएका हुन । सरुवाको सूची अनुसार,उपसचिव तहमा कार्यरत उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा रजिष्ट्रारका रुपमा कार्यरत यमप्रसाद बास्कोटा उच्च […]
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने एक जना अधिकृत अदालतबाट दोषी ठहर भएका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कैलालीमा कार्यरत अधिकृत (सातौं तह) लक्ष्मण शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर भएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै उजुरी परेको […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापना, सरुवा, काज सरुवा, काज फिर्ता गरिएका कर्मचारीलाई साता दिनभित्रमा रमाना लिन–दिन निर्देशनसहितको परिपत्र जारी गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई यस प्रकारका कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर ७ दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउनुपर्ने निर्णय गरेका […]
राजश्व अनुसन्धान विभागमा महानिर्देशकमा हालैमात्र नियुक्ति भएर गएकाछन् चण्डी घिमिरे । लामो समय उद्योगमा बसेका एमाले पार्टीसँग घनिष्ठ सम्बन्ध रहेका घिमिरे प्रतिष्प्रर्धी अन्य सहसचिवलाई पछि पार्दै राजश्वको अनुसन्धान विभागको कमाण्डर बन्न पुगेका हुन । तर त्यो विभागमा सहसचिव भन्दा उपसचिव शक्तिशाली रहेको चर्चा चल्न थालेको छ अहिले विभागकै कर्मचारीहरुबीच । चक्र बहादुर बूढा विभागको डिजी […]
लाहुरेभन्दा गुण्टाको फुर्फुर धेरै छ,सिंहदरबारतिर । गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी भन्दा पावरफुल छन्,त्यहाँका स्वकीय र पिए । मन्त्री रमेश लेखकले आफ्नो भेगीय र तुलनात्मक रुपमा इमान्दार र क्षमतावान धर्मराज जोशीलाई सचिवालयमा राखेका थिए तर उनलाई अध्यागमनमा फालेर त्यहाँ अहिले बद्री तिवारी आइपुगेका छन् । उनै तिवारी कर्मचारी र प्रहरी प्रशासनको सरुवामा हावी […]
नेपाल प्रहरीका तीन जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको हो । जस अनुसार प्रहरी हेर्डक्वार्टरमा सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा खटाइएको छ भने दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल ल्याइएको छ । प्रहरीको […]
सर्वोच्च अदालतले कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुन बाटो खोलिदिएको छ । बृत्ति विकासमा असर परेको भन्दै कम्युटर अपरेटरबाट अधिकृतमा बढुवा भएका ८७ जना कर्मचारीहरुले नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै […]
सरकारले विभिन्न ४१५ पदमा पदपूर्तिको तयारी गरेको छ । उपसचिव र सहसचिव तहका ती पदमा पदपूर्तिको तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जनाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका गरी ४ सय १५ पदमा पदपूर्ति गर्ने तयारी भइरहेको जनाएका हुन । सेवाग्राहीको अत्याधिक […]
करार सेवाका कर्मचारी हटाउने बिषयमा उत्पन्न भएको विवाद सामाधान गर्न समिति गठन भएको छ । करार सेवामा कार्यरत रहेका २८ जना प्राविधिक कर्मचारीलाई हटाउने बिषयमा लफडा परिरहेको छ त्यहाँ । त्यहाँ १० इन्जिनियर तथा १८ जना सबइन्जिनियर करार सेवामा कार्यरत छन् । उनीहरुलाई लोकसेवा परीक्षा नै नलिइ स्थायी गरिएको थियो । त्यहाँ लोकसेवा आयोगले स्थायी […]