नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले फुटबल खेलले रिफ्रेसमेण्ट सगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने बताएका छन् । चैत १५ गते ग्रिल तथा स्टिल व्यवसाय सङ्घ काठमाडौँको पूर्वी क्षेत्रिय समितिले आयोजना गरेको प्रथम ग्रिल तथा स्टिल व्यवसाय फुटबल प्रतियोगितामा उनले बताएका हुन् । फुट्बल प्रतियोगिताका बिजयी खेलाडीहरुलाइ शिल्ड , […]

गत पुसमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय भयो । विद्यमान संगठन संरचनाअनुसार हाल कार्यालयमा २३५ जनाको स्थायी दरबन्दी छ । ओएन्डएम स्वीकृत भएपछि अब यो दरबन्दी १६७ मा सीमित पार्न खोजिएको थियो ओएण्डएमबाट । गत पुस १२ को क्याविनेटले प्रम कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको थियो । हाल सात सचिव […]

बजेटको आकार ठूलो बनाउने र खर्च गर्न नसक्ने रोग पूरानै हो । चालु आर्थिक बर्षमा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका थिए तर ६ महिना बित्दा समेत लक्ष्य अनुसार खर्च गर्न नसक्दा बजेट संशोधन गरी १५ खर्ब ३० अर्ब रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए । विगतका यी अभ्यासबाट पाठ […]

भ्रष्टाचार मुद्दा लागेका काँग्रेस सांसदको निलम्बन फुकुवा भएको छ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद फिर्ता भएको हो । मनाङवाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङलाई स्वत निलम्वन हुने भनि गरेको ,संघीय संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बदर हुने आदेश सर्वोच्चले शुक्रबार गरेको हो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले २०७९ […]

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन समिति गठन गरेका छन् ।शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गथन गरेका हुन् ।मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् । राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा अन्य […]

सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरुलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय […]

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश तथा स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी सधैँ अभाव हुने र कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारवाहीमा बाधा परिरहेको […]

नेपाल दूरसञ्चार प्राधिकरणका १६ जना कर्मचारी एकै पटक निलम्बनमा परेका छन् । कूल ७२ कर्मचारीको दरबन्दी रहेकोमा अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलेको हो । अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा दूरसञ्चार प्राधिकरणका झण्डै २५ प्रतिशत कर्मचारी एकै पटक निलम्बनमा […]

सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले चालु आर्थिक वर्ष ०८०–८१ मा प्रदान गरिने शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन मागेको हो । आवेदन स्वदेशी विश्वविद्यालय […]

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५ अर्बको ६३ करोडको बजेटको सिलिङ तोकिदिएको छ । आयोगले आम्दानी र खर्च गर्न सक्ने क्षमतालाई आँकलन गरेर आगामी आवको लागि सम्बन्धित मन्त्रालयलाई बजेटको सिलिङ तोकिएको हो । आयोगले आवका सबैभन्दा धेरै गृह मन्त्रालयले १ खर्ब ९५ अर्ब रुपैयाँको सिलिङ पाएको छ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।