सरकारले एक सचिव,अर्काै सहसचिवको राजीनामा स्वीकृत गरेको छ । गत बिहिबार बसेको क्याविनेट बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव तोयम रायाको राजीनामा स्वीकृत गरेको हो । उनलाई प्रमुख महालेखा परीक्षकमा नियुक्ति सिफारिस गरेसँगै राजीनामा दिएका हुन । यस्तै नेपाल वनसेवा, फरेस्ट रिसर्च समूहका सहसचिव सावित्री अर्यालको राजीनामा स्वीकृत गरेको छ । सरकारले सङ्घीय संसद् सचिवालयमा […]

कर्मचारी छान्ने नेपालको परीक्षा प्रणाली र नियुक्तिको परिपाटी कस्तो अचम्मलाग्दो छ भने, उत्तीर्ण हुनेले मौका पाउँदैनन्, अनुत्तीर्ण हुने धमाधम कालोकोटमा सजिन्छन् । संविधानअनुसार न्यायाधीशको कूल दरबन्दीको ८० प्रतिशत प्रतिस्पर्धात्मक विधिद्वारा पदपूर्ति गर्न सूचना निस्कियो । १ सय ९६ ले परीक्षा दिए तर १८ दरबन्दीका लागि खुलेको परीक्षामा तीनजना मात्रै उत्तीर्ण भए । तीमध्ये पनि एकका […]

लोक सेवा आयोग काठमाडौं कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज राजपत्राङ्कित अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो। २०८० फागुन २६ गते आयोगको काठमाडौं र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा १७ हजार २ सय ८ जना […]

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन् । सबै कागजात अनलाइन सिस्टममा मिलाएर अपलोड गरेका सेवाग्राहीले एक घण्टाभित्रै श्रम स्वीकृति मोबाइल फोनमार्फत प्राप्त गर्ने उनले बताए । […]

नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ। गत बिहिबारको क्याविनेट बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फ दुईजना डीआईजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो । गत बिहिबारको क्याविनेटले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो । जसअनुसार,प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर अपराध हेर्ने गरि […]

एमाले नेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । धादिङ जन्मथलो भएकी र नेकपा (एमाले)कै एक कार्यकर्ता बताउने एक महिलाले महेशमाथि भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । जाहेरीमा बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाइएको छ । एक पटक काठमाडौँ […]

चैत २३ गते न्यायपरिषद्को बैठकले जिल्ला अदालतमा रिक्त १०  न्यायाधीशहरूको पदस्थापन भएको छ। न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालाको धनुषा जिल्ला अदालत, नरेन्द्रबहादुर बुढाको बारा जिल्ला अदालत, जीवनकुमार भण्डारीको सर्लाही जिल्ला अदालत, मुकुन्द आचार्यको पर्सा जिल्ला अदालत, बिमल रेग्मीको रौतहट जिल्ला अदालतमा पदस्थापना भएको छ। त्यस्तै, पुष्पराज पाण्डेको सिराहा जिल्ला अदालत, शिवकुमार थापाको कपिलवस्तु जिल्ला अदालत, महेन्द्रबहादुर कार्कीको […]

  घुससहित पक्राउ परेका प्रहरी चौकी कान्तिबजार, महोत्तरीमा कार्यरत सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगको बर्दिबासबाट खटिएको टोलीले गत माघ २७ गते बीस हजार रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएपछि आज मुद्दा दायर गरेको बताइएको छ । अनुसन्धानको क्रममा सेवाग्राहीको जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञा […]

कास्कीस्थित फेवातालमा बोटिङ गर्नेक्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । चैत २५ गते आइतबार साँझ स्याङजा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए । उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको […]

नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल) विराटनगर, मोरङबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका कोशी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।