स्वार्थ समूहको चंगुलमा नियामक

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका क्याविनेटद्धारा ठूल्ठूला पदमा जहाँ जहाँ नियुक्ति भएका छन् त्यहाँ विचौलिया र स्वार्थ समूह हावी भएको चर्चा चल्न थालेको छ । पूर्व प्रशासक र सुशासनविद्हरुले नियामक निकायमा पुग्नै नहुने व्यक्तिहरु पुगिरहेको भन्दै असन्तृष्टि जनाएका छन् ।

बिज्ञापन

हिजोको मात्र क्याविनेट बैठकले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त भएका छन् । उनी पर्यटन व्यवसायी हुन्। प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७८ फागुनमा उनलाई तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदको लागि पूर्ण प्रसाद आचार्य इलाम, बद्रि प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइटेल सर्लाही, युवराज दाहाल झापा, प्रविण अधिकारी काभ्रेपलाञ्चोक, चुडामणी चापागाई झापा, बिमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बश्याल पाल्पा, मुकन्द राज जोशी डडेलधुराको आवेदन परे पनि लुइटेलकै नियुक्ति पक्कापक्की भएको चर्चा सोही समयदेखि नै चर्चा थियो । अन्तत उनैले नेप्सेमा नियुक्ति पाएका छन् ।

बिज्ञापन

सिफारिस समितिले चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य,बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरी सर्टलिस्टमा पारेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । यस अघि एकल आवेदन परेकोमा पछि समयअवधि थपेर पुन आवेदन गरिएर यस्को प्रतिष्प्रर्धा अगाडि बढाइको थियो अन्तमा उनै लुइटेलले नियुक्ति पाएका छन् ।

उता, धितोपत्र बोर्डमा विचौलियाको इन्ट्रेन्स अनुसार सन्तोष नारायण श्रेष्ठले नियुक्ति पाए । धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका थिए । तिमध्ये सबै भन्दा कमजोर पात्र मानिएका र योग्यतामै सार्वजनिक प्रश्न उठेका पात्रले नै त्यहाँ नियुक्ती पाए । धितोपत्र बोर्डमा व्यावसायिक स्वार्थको छाया देखिएको अहिले मात्रै होइन। यस अघि अध्यक्ष रहेका रमेशकुमार हमालले व्यापारिक घराना शंकर समूह इन्फिनिटी होल्डिङ्सको पहलमा बोर्ड अध्यक्षमा हमालको नियुक्तिको चर्चाबीच हमालले सोही समूहलाई लाभ पुग्ने गरी काम मात्र गरेनन सोही समूहको प्रवर्द्धनको कम्पनीलाई स्टक एक्सचेन्जको अनुमति दिलाउन आवेदनको प्रक्रिया समेत अघि बढाएका थिए ।

बिज्ञापन

यस्तै नेपाल वीमा प्राधिकरणमा समेत रातारात मापदण्डै फेरबदल गरेर पत्रकारिता पृष्टभूमिका शरद ओझालाई नियुक्ति दिलाइयो । त्यहाँ नियुक्ति खानका लागि प्रशासन क्षेत्रमा खारिएर अवकाश पाएका रामशरण पुडासैनीदेखि दामोदर बसौलासम्म प्रतिष्प्रर्धामा थिए तर त्यहाँ व्यापारी दीपक भट्टका अलवा विनोद चौधरीहरुको स्वार्थ अनुसार शरद ओझालाई वीमा प्राधिकरणमा नियुक्ति दिलाइएको छ । मापदण्ड अनुसार ओझा नियुक्तिका लागि अयोग्य ठहरिन्छन् । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती प्रक्रियामा समेत स्वार्थ समुह हावी भएको आरोप लागिसकेको छ । स्वार्थ समुहको दबावमा प्राधिकरण अध्यक्ष नियुक्त गरिएको आरोप लगाउँदै दिपेन्द्र बोहराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै हालेका छन् ।

अख्तियार लागेर पदबाट अटेका र पछि क्लिन चिट पाएका सूर्य प्रसाद सिलवाललाई समेत यसैगरी विचौलिया तथा व्यापारीले त्यहाँ पुर्याएको चर्चा छ । गृह हुँदै उद्योग मन्त्रालयबाट अवकाश पाएका सूर्य सिलवाल वीमाका जानकार थिएनन् , अनुभव र ज्ञान नै नभएका पूर्व गृहसचिव सूर्यप्रसाद सिलवालसँग इन्फिनिटी होल्डिङ्सका दीपक भट्टसँग पुरानो सम्बन्ध भएका सिलवालले त्यहाँ पुगे । उनले समेत भट्ट र शंकर समूहले नेतृत्व गरेको हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा कम्पनीको अनुमतिपत्र दिलाए। यस्का अलवा सोही समूह अन्तर्गतका ६ वटा कम्पनीलाई पनि २०७९ को निर्वाचनअघि लघु बीमा व्यवसाय स्थापनाका लागि अनुमति दिए। पछि विनोद चौधरीको समूहले खोजे अनुसार लाइसेन्स नदिँदा अख्तियारले डाम्यो तर महिना दिनमै क्लिन चिट पाए । संयोग कस्तो भने उता शरद ओझा नियुक्त हुनु र यता सिलवालले सफाई पाउनु एकै पटक हुन पुगेको छ ।

कुनै समय यस्तो थियो, नेपाल राष्ट्र बैंकबाट अवकास पाएका कार्यकारी निर्देशकहरुले नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सरकारी, बैंक, सरकारले लगानी गरेका कम्पनी तथा संस्थानमा नियुक्त पाउने परिपाटी थियो ।अहिले यो परिपाटी भत्किएको छ ।व्यापारीक घराना र स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरु धमाधम नियामक निकायमा नियुक्ति पाउन थालेका छन् ।

यी तीन निकाय पछि व्यापारीको ध्यान अब नेपाल राष्ट्र बैंकमा केन्द्रित छ । गभर्नर महाप्रसाद अधिकारी घर फर्किए पछि त्यहाँ जान एक दर्जनलाई प्रमुख दावेदार मानिएको छ । जसमध्ये झापाली र पहिलो महिना डेपुटी हुँदै महिला गभर्नरको रुपमा नाम लेखाउने गरी शक्तिकेन्द्रको दौडमा छिन, नीलम ढुंगाना तिम्सिना,यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमेत केपी ओलीका छिमेकी समेत हुन,उनले समेत सभामुख मार्फत गभर्नर बन्न जोड गरिरहेका छन् । यस्का अलवा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ,राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अलवा पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री,सुशील भट्टमात्र होइनन् अहिले नविल बैंकका सिइओ रहेका ज्ञानेन्द्र ढुंगाना,प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचनदेखि कुलमानलाई हटाएर विद्युत प्राधिकरण ताकेका अर्जुन कार्कीसमेत गभर्नर बन्ने दौडमा छन् । यीमध्ये विचौलियाले च्यापेको व्यक्ति नै गभर्नर बन्ने र एक पछि अर्को निकामक निकाय तिनै व्यापारी र विचौलियाको पकडमा पुग्ने स्थिति आइरहेको विज्ञहरुको टिप्पणी छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।