विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंंले प्रयोग गरेको हतियार कानुन अनुसार इजाजत दिन नमिल्ने खालको देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । २०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा व्यवसायी दुर्गा प्रसाईंको अंगरक्षकबाट जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ हतियार फेला परेको थियो।सो क्रममा प्रसाईंका दुई […]

सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सिधा कुरा नामक सञ्चार माध्यमलाई आदेश दिएको छ । सिधा कुरा डटकमले स्टिङ अपरेशनसम्बन्धी मुद्दा हराउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतो रहेको दाबीसहित समाचार प्रकाशन गरेको थियो । न्यायाधीशद्धय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा उनीहरुलाई बयानमा झिकाउने आदेश समेत दिएको छ […]

नेपाल सरकारका सचिव सुरेश अधिकारी सेवा हदका कारण घर फर्किएका छन् । ०७६ बैशाख १० मा नेपाल सरकारको सचिव नियुक्त भएका थिए। उनी पाँच बर्षे सेवा अवधि पूरा गरेर आजबाट फर्किन लागेका हुन । मन्त्रालयले चार बजे सचिव बिदाइको कार्यक्रम राखेको छ । निजामती सेवामा ३६ वर्ष काम गरेका अधिकारी सहसचिव हुँदा गृह मन्त्रालय र […]

श्रीमतीलाई लोकसेवा पास गराउन र सरकारी सिन्दूर लगाउन योग्य बनाउनका लागि केसम्म गरिनँ ? उनका इच्छा तथा चाहना, रहर र सपना पूरा गर्न आफ्नो सपनालाई तिलाञ्जली दिएँ । पुगेँ बैग्लोरदेखि दुबईसम्म । चलाएँ बेल्चा र साबेल, त्यहाँ पसिना होइन, बगाएँ रगत । त्यही कष्ट गरेरै पढाएँ प्लस टु । जति कमाएँ, उनैमाथि खन्याएँ । जब […]

नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन […]

कागजपत्र सबै पूरा भएको एक सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको भेटिएपछि एक जना अध्यागमन अधिकृत फिर्ता तानिएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृतले सेवाग्राहीलाई अनावश्यक सास्ती दिएको भेटिएसँगै उनलाई विभागमा फिर्ता ल्याइएको हो । भिसा, श्रम स्वीकृति लगायत आवश्यक डकुमेन्टहरू हुँदाहुँदै पनि बिना कारण दुःख दिने नियतले फिर्ता गरेको प्रकरणमा अध्यागमन […]

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा अपेक्षाकृत भोट ल्याउन सकेको छैन। अहिलेसम्म २३ हजार २०५ सदर मत गणना हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले १४०१ मत प्राप्त गरेका छन्।लिम्बूले आफ्नै वडामा पनि एक सय मत कटाउन सकेनन्। माङसेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका लिम्बूले ९६ मत मात्रै प्राप्त गरेका छन्।एमालेका सुहाङ नेम्वाङले अग्रता झनै […]

बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । एमालेका दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र […]

आजदेखि सिंहदरबार प्रवेशका लागि नयाँ व्यवस्था लागू भएको छ । सरकारले आजदेखि इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ। जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन्। गृह मन्त्रालयले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको जनाएको छ । परीक्षणको रुपमा आजदेखि यो प्रविधि लागू हुने छ […]

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले ७ हजार ६७७ मतका साथ अग्रता कायम गरिरहेका छन् । नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै,पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४०५८ मतका साथ तेस्रो स्थानमा छन् । घण्टी पार्टीका उमेद्धार मिलन १ हजार १६२ मत पाएका छन् […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।