संघीय निजामती सेवा विद्येयकको बिषयलाई लिएर कर्मचारीहरु आन्दोलित हुने अवस्थामा पुगेका छन् । उच्च प्रशासकको सेवा सुविधामा मात्र केन्द्रित गरी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विद्येयक तयार पारेसगै तल्ला तहका राजपत्र अनंकित कर्मचारीहरु आन्दोलित हुने स्थितिमा रहेका छन् । जस अनुसार राजपत्र अनंकित कर्मचारीहरुले आज आफ्नो शरिरमा मागपत्र टाँसेर कार्यकक्षमा काम गरिरहेका छन् ।
बिज्ञापन
यता सिंहदरबारमा भने राजपत्र अनंकित,स्थानीय तह,कर्मचारी ट्रेड युनियनका कर्मचारीहरुले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा आन्दोलन गर्ने तयारी गरिरहेका छन् । नेपाल निजामती कर्मचारी युनियनले समितिमै आन्दोलन गर्ने घोषणा गरेपछि अहिले सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।
बिज्ञापन
सिंहदरबार भित्रका बाहेक अन्य कार्यालय,विभागका कर्मचारीहरुलाई प्रवेशमा कडाइ गरिएको छ ।
बिज्ञापन
कार्यतालिका अनुसार,आज बिहान ११ बजेदेखि आन्दोलनको कार्यक्रम रहेको थियो । मन्त्रालय बाहिर विभाग तथा कार्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न खोज्दा समेत प्रवेश गर्न नदिए पछि आन्दोलनको कार्यक्रम र कार्यतालिका परिवर्तन गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीले जनाएका छन् ।
उनका अनुसार,’राज्य व्यवस्था तथा सुशासन समितिमा गर्ने भनिएको आन्दोलन तथा धर्नाको कार्यक्रम अब लाइन मिनिष्ट्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि हुने भएको छ । कर्मचारीसँग सरकार भयभित भयो । अब आन्दोलनको कार्यक्रम परिवर्तन भएको छ । सिंहदरबारमा उपस्थित भएका साथीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिन लागेका छौं’,ओलीले कर्मचारी प्रेससँग भने ।