Author: कर्मचारी प्रेस
१ करोड ६ लाख ३३ हजार भ्रष्टाचार मुद्धा खेपिरहेका कर्मचारीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ पुसमा यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध अकुत आर्जनको मुद्धा चलाएको थियो । उनीविरुद्ध अख्तियारले १ करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ ९२ पैसा विगो कायम गर्दै चलाएको मुद्धामा विशेषले […]
सरकारले एकै पटक ६० सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत २७ वैशाखको बैठकले विभिन्न मन्त्रालय,निकायमा रहेका ६० सहसचिवहरुको सरुवा गरेको हो ।जसमध्ये केहीको पदस्थापन गरिएको हो ।सरुवाको सूची अनुसार प्रशासन सेवाका ४३,कृषि सेवाका ४,इञ्जिनियरिङ सेवातर्फका ६,स्वास्थ्य सेवाका ४ र बन सेवाका ३ गरेर ६० सहसचिवको सरुवा भएको हो । सरुवाको सूची अनुसार,उद्योगमा कार्यरत सहसचिव […]
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै संघीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । नीति तथा कार्यक्रममा वर्तमान सरकार देशमा समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, […]
नेपाली सेनाको प्राविधिक तर्फको प्राड उपसेनानी, उपसेनानी (लेफ्टिनेन्ट) हरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार एमबीबीएस डाक्टर, परिचारिका र केमिस्ट गरी विभिन्न २३ जनाले प्राविधिक अधिकृततर्फ नाम निकालेका हुन् । सूचीः
राष्ट्रिय सतर्कता केन्द्रको निशानामा मापदण्डविपरीतका ट्रायल सेन्टर पर्न थालेका छन् । कन्द्रले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे भक्तपुर, काठमाडौंको ठूलोभऱ्याङ र चाबहिल तथा ललितपुरको एकान्तकुना मापदण्डविपरीत सञ्चालनमा रहेको ठहर गरेको छ ।केन्द्रले काठमाडौं,भक्तपुर,ललितपुरमा सञ्चालनमा रहेका राधेराधे भक्तपुर, काठमाडौं,ठूलोभर्याङ, चाबहिल र ललितपुर एकान्तकुनालाई पत्र लेख्दै त्यहाँका अधिकांश ट्रायल सेन्टरहरु मापदण्ड अनुसार सञ्चालन नभएको,सोही कारण […]
भ्रष्टाचार मुद्धामा उपसचिवसहित १४ जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ हप्ता अगाडि कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर र कर्मचारीहरुको मिलेमतोमा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियमविपरित छुट दिएको भन्दै मेयर,प्रमुख प्रशासकीय,निमित्त प्रमुख प्रशासकीय अधिकृत,शाखा अधिकृतहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । अख्तियारले […]
काठमाडौं। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंक छनोट गरी ग्लोबल आइएमईलाई सम्मानित गरेको हो।विश्वसनियता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ लगायत मापदण्डका आधारमा ग्लोबल फाइनान्स म्यागाजिनले आफूलाई नेपालको उत्कृष्ट बैंक ठहर्याएको ग्लोबल आइएमईले सोमबार […]
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । मंगलबार उच्च अदालत पाटनका न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको थियो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । भोलि जबाफी बहस […]
सरकारले निजामती कर्मचारीहरुको तलब तथा सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । उनले राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने घोषणा गरे । राष्ट्रसेवक कर्मचारीहरुको सेवासुविधा समयानुकूल,आकर्षक,पूर्वअनुमानयोग्य र […]
सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त बैठकमा भूमिहीनहरुलाई आवास सुनिश्चित हुने गरी जग्गा दिने सरकारको योजना घोषणा गर्नुभएको हो । भू–उपयोग सम्बन्धी नीति बनाई तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने उहाँले बताउनुभयो । त्यस्तै, ३ […]