Author: कर्मचारी प्रेस
गृह मन्त्रालयले तीन सहसचिवहरुको सरुवा गरेको छ । हालैमात्र गृह प्रवेश पाएका दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाएको हो भने एक जना प्रमुख जिल्ला अधिकारी सरुवामा परेका छन् । गृह मन्त्रालयले बागलुङ र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो भने बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रलाई बाँके खटाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी […]
स्थिति यस्तो छ कि व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा पाइहाल्छन । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल बागलुङ्गे एउटा व्यापारीले अहिले सिंङ्गो देश घुमाइरहेका छन् । उनले हालसमम केवलकारकै नाममा विभिन्न पाँच वटा स्थानका जग्गा कौडीको भाउमा हात पारिसकेका छन् । ०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो […]
नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल […]
बढुवा सिफारिस समितिले गरेको बदमासीलाई लोकसेवा आयोगले उल्टाएको छ । गत चैत्र महिनामा उर्जा मन्त्रालयलयका १० अधिकृत बढुवा सिफारिस गरिँदा कनिष्ठ कर्मचारीलाई अधिकृतमा बढुवा गरिएको थियो । जेष्ठ कर्मचारीको नाम काटेर कनिष्ठ कर्मचारीको बढुवा गरिएसँगै ती कर्मचारी न्याय खोज्दै लोकसेवाको ढोका ढकढकाउन पुगेका थिए । लोकसेवा आगोगको समितिले उर्जा मनत्रलयको बढुवा सिफारिस समितिले गरेको बदमासीलाई […]
कीर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको भन्दै भ्रष्टाचार मुद्धा खेपिरहेका १३ जनाले ८ महिनापछि सफाइ पाएका छन् । धनुषाका जिल्लाको भरतपुर गाउँ विकास समिति अन्तर्गतको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले गत बर्ष भदौमा धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचार मुद्धा […]
समय अवधि बाँकी रहेका शंकरदास बैरागीलाई नयाँ पद सृजना गरेर मुख्य सचिवको कुर्सीमा पुगे बैकुण्ठ अर्याल । स्वभाविक प्रक्रिया मिचेर अस्वभाविक प्रक्रियाबाट मुख्य सचिव नियुक्त भएका अर्याल एक पछाडि अर्को विवाद र अनियमिततामा मुछिएका छन् । टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवार लगायतका ६ वटा फरक- फरक बिषयमा विवादमा मुछिएका अर्याल नै अख्तियारले पटक पटक बयान लिइरहेको […]
संघीय संसदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसले बैठक […]
महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज […]
काठमाडाैं । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए । पूर्वसेनापति थापा […]
सरकारले दुई बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार सिंहदरबारमा बसेको क्याविनेट बैठकले प्रशासन सेवा र कृषि सेवाका एक एक जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको हो । प्रशासन सेवाबाट लोकनाथ पौडेल र कृषि सेवाबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका हुन । प्रशासन सेवातर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस भएकोमा […]