Author: कर्मचारी प्रेस
सूर्यबहादुर थापाले प्रतिवेदन सार्वजनिक गर्न हुन्छ,सरले हुँदैन ? सहसचिवको कार्यकक्षमा यसरी पाखुरा सुर्कदै थिए खरिदार र सुब्बा तहका कर्मचारी । अर्काे उही तहका कर्मचारी नेता पड्किए,‘अहिलेसम्म डिजीको मात्र सेटिङ भन्ने थियो तर यहाँ सचिवदेखि मन्त्री,मन्त्रालयकै मिलेमतो छ भन्ने पृष्टि भइसक्यो । होइन भने ४० दिन बितिसक्दा डिजीमाथि किन कारवाही हुन्न,मन्त्रालयले इनियसयन किन लिँदैन ?’ भूमि […]
विभिन्न मन्त्रालय र विभागमा कार्यरत २६ कर्मचारी दक्षिणी छिमेकी मुलुक भारत पुगेका छन् । १० दिनेसम्म चल्ने कायक्रममा भाग लिन परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, […]
०४६ सालयता अध्यागमन विभागको महानिर्देशक बनेका तीन दर्जनमध्ये धेरैको त फोटोमात्र झुण्डिए । तीमध्ये स्मरणयोग्य काम गर्ने कर्मचारीका रुपमा चिनिन्छन् शरदचन्द्र पौडेल । अध्यागमनमा जे जति सुधार भएका छन्, त्यसको अधिकांश जस, उनैलाई जान्छ । चार दशकअघि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका उनले अधिकांश समय गृह मन्त्रालय र यसअन्तर्गत काम गरे । हुम्ला, रुकुम, तेह्रथुम, […]
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निशुल्क सेवाको समुद्घाटन गरिएको छ । बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ गरिएको हो । उद्घाटनपछि मन्त्री पौडेलले, १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निशुल्क नभई औषधी समेत निशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए । अहिलेसम्म […]
काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताएका छन् । बुधबार काठमाडौंमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गाँउ, सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो भएपनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाहे हुने भन्दै सरकारले आवश्यक कदमहरु चालेको बताएका हुन् […]
मालपोतका कर्मचारी सरुवामा महानिर्देशक कृष्णप्रसाद सापकोटाले बदमासी भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत असोज १ देखि १४ गतेसम्मको मितिमा भएको सरुवामा महानिर्देशक कृष्ण सापकोटा र उनको समूहले बदमासी गरेको निष्कर्ष निकालिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले गत असोज १ देखि १४ सम्मको मितिमा ४५ शाखा अधिकृत, दुई सय […]
विवादस्पद् मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो । बुधबार जिल्ला अदालतक काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रसाईं हिजो बिहान भक्तपुरस्थित निवासबाट […]
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्दा डेपुटी गभर्नर निलम ढुंगनाले बढी भत्ता सुविधा लिएको भेटिएको छ ।गभर्नर अधिकारीले बर्षभरीमा तलब भत्ता लगायतका शीर्षकमा ६४ लाख ६५ हजार हाराहारी रकम बुझ्दा उनीभन्दा तल्लो ओहदामा रहेकी डेपुटी गभर्नरले निलम ढुंगनाले बढी भत्ता सुविधा लिएको भेटिएको हो । नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/ ८१ को […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देश हिंडेका शंकास्पद् १७ यात्रुलाई अध्यागमन कार्यालयले रोकेको छ। रोमानिया र कोस्टारिका हिंडेका उनीहरूको यात्रा शंकास्पद् देखिएपछि अध्यागमन अधिकारीहरूले रोकेका हुन् । यात्रुहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न सकेनन्। ती यात्रुहरूको यात्रा नै शंकास्पद् देखियो। ‘भ्रमणको उद्देश्य प्रस्ट पार्नुस्’ भन्दा पनि केही बताउन सकेनन्। कतिपयको भ्रमण गर्ने देशको होटेल बुकिङ पनि […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच दिन अघि मात्र सरुवा भइसकेका कर्मचारीहरुलाई रमाना लिन वा दिन परिपत्र गर्यो तर उक्त परिपत्रको मसी नसुक्दै एक जना सुब्बा तहको कर्मचारीको सरुवा बदर गर्न दर्जनौं ठाउँबाट भिटो लगाउने काम भइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैंले गत कार्तिक १४ गते ती सुव्वालाई संघीय सचिवालय […]