Author: कर्मचारी प्रेस
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । लामा अहिले पशुपति सेभिङ […]
मदाने गाउँपालिका गुल्मीले उमेर पुगेर विवाह गर्ने दम्पत्तिहरुलाई सम्मान गरेको छ । गुल्मीको मदाने गाँउपालिकाको वडा नम्बर एक अग्लुङ्गमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । उमेर पुगेर विवाह गर्ने जोडीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले जनाएका छन् । शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका लागि २० बर्ष उमेर पुरा गरी विवाह गर्ने नव जोडीलाई […]
ऋषि भट्टराई स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोगले आवश्यक जनशक्ति माग गर्दा पनि पदपूर्ति गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले आक्रोश पोखेका हुन । उनीहरुले स्थानीय तहहरुमा कर्मचारी अभावका कारण वडाहरुमा वडा सचिवहरु राख्न नसकेको, लेखा अधिकृत नहुँदा […]
कार्यालय सहयोगी नियुक्तिको बिषयलाई लिएर कर्मचारीमाथि कुटपिट,अपशव्द प्रयोग र दुर्व्यहारको घटना भएसँगै धादिङको रुबी भ्याली गाउँपालिकामा कार्यरत कर्मचारीहरु सबै सेवा ठप्प पारेका छन् । पालिकाको कर्मचारीहरु माथि वडा सदस्यकै अग्रसरतामा हातपात,कुटपिट र दुर्व्यवहारका घटना भएसँगै उक्त पालिका मातहतका २४ कर्मचारीहरुले सामुहिक विज्ञप्ती जारी गर्दै सेवा ठप्प भएको घोषणा गरेका हुन । बुधबार दिँउसो ३ बजेर […]
३६ सालमा सीडिओ हुँदा गरेको बदमासी ५० बर्षपछि छानबिनको दायरामा आउँदा एक बयोवृद्ध पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यही प्रकरणमा अघिल्लो महिनामात्र महानिर्देशकबाट हटेका अर्काे सहसचिवविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कैलाश सिरोहियालाई नागरिकता दिने दुई पूर्वप्रशासकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । २०३६ सालमा नागरिकता दिने शरद कुमार भट्टराई र […]
सरकारी लेखापरीक्षण प्रवृत्तिप्रति कतिपय सांसदहरुले असन्तृष्टि पोखेका छन् । सार्वजनिक लेखा समितिको कार्याक्रममा उनीहरुले लेखा परीक्षकहरुका लागि दर रेट नै ताकिएको,उनीहरुका लागि मासु र दारु नखाइ अडिट नै नगर्ने विकृती रहेको,मिलेसम्म रुजु र नमिलेमात्र बेरुजु देखाउने प्रवृत्ति रहेको भन्दै महालेखापरीक्षककै अगाडि खरो प्रश्न राखेका हुन । महालेखा परीक्षक तोयम रायालाई सांसदहरुले र्याखर्याखती पारेका छन् […]
नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति, ललितपुरले तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै छात्रबृत्ति प्रदान गरेको छ । संगठनले अभिभावकत्व ग्रहण गरेकामध्ये ललितपुर जिल्ला स्थित महालक्ष्मी नगरपालिका वडा नंं. ८ मा पर्ने श्री विश्वामित्र माध्यमिक विद्यालयका गरिव, विपन्न, पिछडिएका वर्ग, जनजाती, जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयले गरेको सिफारिसको आधारमा अभिभावकत्व ग्रहण गर्दै छात्रबृत्ति प्रदान गरेको हो […]
बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ । ००१ प १७३२ नम्बरको बस साँझ ६ बजेको समयमा खुर्कोट नजिकैको बारा घुम्तीमा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर ग्लोबल आइएमई बैंकका २५ कर्मचारी घाइते भएका छन् । बर्दिबासमा तालिममा सहभागी भएर काठमाडौं फर्कदै गरेका उक्त बसमा ग्लोबल आइएमई बैंकका २५ जना कर्मचारी […]
सरकारले न्याय सेवाका तीन अधिकृतलाई विशिष्ट श्रेणी (सचिवसरह) मा बढुवा गरेको छ। आज बसेको क्याविनेट बैठकले न्याय सेवा न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन सहसचिव तहका कर्मचारीलाइ सचिवसरह पदमा बढुवा गरेको हो । बढुवा भएकामा कायम मुकायम महान्यायधिवक्ता खेमराज ज्ञवाली नायब महान्यायधिवक्तामा बढुवा भएका छन् । यस्तै न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेललाई सर्वोच्च […]
सरकारले तीन जना सचिवको सरुवा गरेको छ । आज बसेको क्याविनेट बैठकले तीन सचिवको सरुवा गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएको छ । त्यहाँ कार्यरत रहेका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको रुपमा सरुवा गरेको छ । सरकारले गत चैत्र १९ गतेमात्र […]