पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवहरुको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन सेवा सामान्य प्रशासन समूहका १०,इञ्जिनियरिङ सेवातर्फका ४ र शिक्षा सेवाका १ जना रहेका छन् । सरुवाको सूची अनुसार,इलाका प्रशासन दाङबाट यज्ञबहादुर बुढा निर्वाचन आयोग अन्तर्गत,कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशमा कार्यरत रामेश्वर अर्यालललाई सोही प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा सारिएको […]

दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा उक्लिएलगत्तै सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले घोषणा गरेका थिए कि प्रतिवेदन सार्वजनिक गर्दै अक्षरश कार्यान्वयन गर्छु । प्रतिवेदनले औंल्याएका सबैलाई कारवाहीको दायरामा ल्याउने उनको सार्वजनिक घोषणा समयक्रमसँगै लोकरिझ्याई कै निरन्तरता रहेछ भन्ने पुष्टि भएको छ । तत्कालीन प्रमुख प्रतिपक्ष एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आयोग गठनको माग […]

पेशागत महासंघ नेपालले पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न माग गरेको छ ।महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न माग गरेको हो । महासंघले विद्यालय शिक्षक ऐन, संघीय निजामती ऐन पास गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै, पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न पनि माग गरेको […]

काठमाडौंकै मुटु,प्रधानमन्त्री,प्रधानन्यायधीशदेखि सभामुखसम्म बस्ने स्थानको जग्गा हिनामिना प्रकरण सार्वजनिक गर्ने एक खरा पूर्व प्रशासकको काँधमा त्रिविको जग्गा अध्ययन र छानबिन गर्ने जिम्मेवारी आइलागेको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेको जग्गाको अध्ययन, अनुसन्धान, छानविन […]

मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न २६ निर्णयहरु सार्वजनिक भएको छ । जसमा भ्रमण स्वीकृतिसँग सम्बन्धित ५ वटा निर्णय गरेको छ भने नियुक्ति,बढुवा,सरुवासँग सम्बन्धित निर्णयहरु भएका छन् । मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको छ । यस्तै ०८१ जेठ […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर, असिस्टेन्ट सव–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्ष,कोषाध्यक्ष,सचिवका साथैं तत्कालीन वडा अध्यक्षलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो । अख्तियारले सोरु गाउँपालिका वडा नम्बर ७ […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान चाहने कर्मचारीसँग आवेदन माग गरेको छ । भारत सरकारबाट प्राप्त आइटिसिई कोर्स अध्ययन गर्न चाहने कर्मचारीसँग दरखास्त खुलाएको हो । मन्त्रालयका अनुसार २ बर्षे कोर्स एम टेक डिग्री र प्रोस्ट ग्रयाजुयटका लागि मन्त्रालयले दरखास्त मागेको हो । छात्रवृत्ति मनोनयन गर्दा सम्बन्धित सेवा,समूह,श्रेणीभित्रका समावेशी महिला,आदिवासी जनजाती,मधेसी,दलित,अपांग,पिछडिएको […]

संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले स्थायी कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ । मन्त्रालयको संघीय तथा प्रादेशिक प्रशासन महाशाखाले सबै मन्त्रालय,आयोग,सचिवालय र केन्द्रलाई परिपत्र गर्दै पछिल्लो पटक सचिवस्तरीय निर्णय गर्दै राजपत्रांकित र राजपत्र अनंकित कर्मचारीको छुट्टाछुट्टै विवरण महिना दिनभित्र पठाउन पत्राचार गरिएको छ । सामान्यले गरेको परिपत्रमा कर्मचारीको नाम, पदसंख्या, सेवा समूह,श्रेणी, हाल कार्यरत […]

हिजोको क्याविनेटले तीन सचिवको सरुवा गरेको छ । जसमा दुई जना सचिवहरु दुईः महिना पनि नपुग्दै सरुवामा परेका छन् । सरुवा भएका सचिवहरुमा छन्,विनोदप्रकाश सिंह,मधुसुदन बुर्लाकोटी र हरि मैनाली । जसमध्ये बुर्लाकोटी र सिंह समय अवधि नपुग्दै अर्थात दुई महिनामै सरुवामा परेका छन् । गत चैत्र २९ गतेमात्र बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयमा लगिएको थियो तर दुई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।