प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले राज्यमन्त्री सञ्चालक रहेको कम्पनीसहित १३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले १३ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । जसमा,कान्छाराम कन्सट्रक्सनसहित १३ वटा कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेको मध्ये कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो ।कार्यालयले कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर […]

 विचौलियाको इन्ट्रेस्ट अनुसार चल्दा एक मन्त्रीको कुर्सीमात्र गएन । बदनामी समेत खेपिरहेका छन् । मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्धामा अहिले ती मन्त्री तानिएका छन् । यो प्रकरणमा मन्त्रीलाई जोड्ने विचौलियाका रुपमा अगाडि देखिएका छन्, योगराज उर्फ गोपाल गौतम । उनै गौतमकै योजना अनुसार कोही प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले केही सोझा सिधा नेपालीलाई नक्कली कर्मचारी बनाएर […]

तस्करको टोलीले सीमामा खटिएका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । भन्सार छलेर ल्याएको चिनी बरामद गर्न पुगेका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमणमा परेका हुन । भन्सार छलेर ल्याइएको १ सय भन्दा बढी बोरो चिनी बरामद गर्ने पुगेको टोलीमाथि तस्करहरुले आक्रमण गरेका हुन । सशस्त्र प्रहरीका अनुसार,साँझ ५ […]

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ । घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि […]

काठमाडौँ- २०५२ साल असोज २७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो। त्यही मन्त्रिपरिषदमा गृहराज्यमन्त्री थिए- दीपक बास्कोटा। पञ्चायतविरुद्ध लाग्दा जेलयात्रासम्म तय गरेका बास्कोटा २०५१ मा पाँचथरबाट चुनाव जितेर आएपछि सिंहदरवारस्थित गृहमन्त्रालयसम्म पुगेका थिए। २०५३ फागुन २९ सम्म सिंहदरवारबाट देशलाई नियालेका उनै बास्कोटा यतिबेला भने राजनीतिमा निष्क्रियप्राय: छन्। आध्यात्मिक यात्रामा जुटेका उनी […]

नेकपा एमालेका नेता तथा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले नक्कली कर्मचारी बनाएर केही मानिसहरुलाई जापान पुर्याएको आरोप लागेको छ । क्याविनेटबाट स्वीकृत नलिई जापान भ्रमणमा गएका र विवादपछि हिजो पद छोडेका उनीमाथि गैरकानुनी मानव ओसारपसारको आरोप लागेको हो । मुख्यमन्त्रीलाई समेत जानकारी नदिई यही कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते नेपाल […]

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज […]

न्यायालय प्रमुखमा प्रकाशमानसिंह राउतको आगमनसँगै न्यायपरिषद्ले सर्वोच्च अदालतभन्दा अगावै उच्चमा न्यायाधीश नियुक्तिका लागि अन्तिम तयारी गरेको छ । हाल सर्वाेच्च अदालतमा १५ न्यायाधीश बहालरत छन । संविधानमा प्रधान न्यायाधीश बाहेक सर्वोच्च अदालतमा २० जना स्थायी न्यायाधीश हुने भनिएको छ । ६ न्यायधीश पद रिक्त छ । अहिले अदालतमा २६ हजारभन्दा धेरै मुद्दा छन् । त्यहाँ […]

शुरुमा मजबुरी देखाएर हात फिजाउने,रकम पाइसकेपछि काम गर्न नसक्ने । यस्तो लाचारीपना देखाएको छ,रसुवा जिल्लाको एउटा गाउँपालिकाले । उक्त पालिकाले सोही क्षेत्रभित्र रहेको एक जलविद्युत परियोजनासँग हात तल पारेर एम्बुलेन्स खरिद गर्नका लागि रकम माग्यो । तारान्तार रकम माग गर्दै पत्राचार गर्ने काम भए पछि सिअएसआर अन्र्तगत उक्त जलविद्युत परियोजनाले ८७ लाखभन्दा बढी रकम पालिकाको […]

जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् । बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।