पुनरावेदकको मागदावी नपुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बढुवा समितिको सचिवालयले उपसचिव बढुवाको संशोधित सूची प्रकाशन गरेको छ । बढुवा चित्त नबुझेको भन्दै अदालतको ढोका ढकढकाउन पुगेकी ती कर्मचारीको मुद्धामा झण्डै ६ महिना प्रशासकीय अदालतको चक्कर काटेपछि प्रशासकीय अदालतले ती शाखा अधिकृतको मागदावी नपुग्ने ठहर गरेसँगै कृषि सेवाको बढुवाको संशोधित सूची बल्ल सार्वजनिक भएको छ ।

बिज्ञापन

कार्यक्षमताका आधारमा उपसचिवमा बढुवा सिफारिस गरिँदा अन्यायमा परेको भन्दै पुनरावेदनको माग राखेर गत जेठ २६ मा शाखा अधिकृत सृजना तिमिल्सिना प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेकी थिइन ।

बिज्ञापन

गत बर्ष बढुवा सूचना ४७- ८१/ ८२ का आधारमा नेपाल कृषि सेवा,एगृ,इको एण्ड मार्केटिङ समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो जेष्ठता र कार्यसम्पादन मूल्याकंनका आधारमा । गत बर्ष पुस २७ को निर्णय अनुसार । यसरी गरिएको बढुवा चित्त नबुझेर शाखा अधिकृत सृजना तिमिल्सिनाले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै प्रशासकीय अदालतमा मुद्धा दायर गरेकी थिइन । बढुवा पुनरावेदनको माग गर्दै प्रशासकीय अदालतमा पुगेकोमा ६ महिनापछि पुनरावेदन अदालतका न्यायधीशत्रय अध्यक्ष डा टेक बहादुर घिमिरे,नवल किशोर यादव र आलोक चन्द्र श्रेष्ठको इजलाशले रिट निवेदकको पुनरावेदन दावी नपुग्ने फैसला गरेसँगै बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ,बढुवा सिफारिस समितिले ।

जस अनुसार,लोकराज सुवेदी,राजेश शाह,मीना कँडेल र इन्द्र शर्मा जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवा सिफारिस भएका छन् भने कार्यक्षमताका आधारमा विपिन खनाल,ईश्वर बर्सिला र सृजना तिमिल्सिना शत प्रतिशत अंकसहित बढुवा सिफारिस भएका छन् । यस्तै समितिको सचिवालयले चन्द्रा जोशीलाई कार्यक्षमताका आधारमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी नपुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

उपत्यकाका १२ निर्वाचन क्षेत्रको कमाण्ड महिलाको काँधमा

रिता गिरी रेनुकाको तीन मुक्तक

पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

व्यङ्ग्यको ऐनामा समाज : इतिश्री उवाच

भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

बिशेष