रिता गिरी रेनुकाको तीन मुक्तक


बनाउँन सुन्दर संसार भर थपिदिनु
मेरो नाउँमा हजुरको थर थपिदिनु
कहिले रिसाउँला कहिले खुशी हौँला
नमानी झर्को मायाको लहर थपिदिनु

मनको आगो अलिकति देखिदिए हुन्थ्यो
कति भनौँ दिलमा नाम लेखिदिए हुन्थ्यो
भन्दा भन्दा बैमानीले बाटो अन्तै मोड्यौ
उसको याद आउने बाटो छेकिदिए हुन्थ्यो

पछुतो तिमीलाई पनि जरुर बनाउँला
त्यो ज्यानलाई यो दिलबाट दूर बनाउँला
रातदिन मैले आँसु पिएरै बस्नु भन्दा त
तिमीबाट छुट्टिन दिल मन्जुर बनाउँला

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष