आन्तरिक राजश्व विभागको महानिर्देशकमा भुपाल बराल, मैनालीको मन्त्रालयमा सरुवा

आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी भूपाल वरालले पाएका छन् । अर्थमन्त्री डा प्रकाशरण महतले विभागका महानिर्देशक दीर्घराज मैनालीलाई मन्त्रालयमा तानेर त्यहाँ बराललाई खटाएका हुन । मैनालीलाई अर्थ मन्त्रालय अन्तर्गत शक्तिशाली मानिने आन्तरिक राजस्व विभागको जिम्मेवारी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ मंसिरमा दिएका थिए। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकको भन्दै मन्त्री महत मैनालीसँग असन्तुष्ट थिए । बराल नेपाली कांग्रेससँग नजिकका व्यक्ति हुन् । उनका दाई यसअघि कांग्रेसबाट साँसदसमेत भएका थिए ।

बिज्ञापन

बराल मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्री महतले अर्थका अन्य केही सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । बराललाई सम्हाल्दै आएको विभागको जिम्मेवारी सहसचिव नारायण प्रसाद रिसालले पाएका छन् ।
यस्तै केही महिना अगाडि मात्र त्रिभुवन विमानस्थल कार्यालयका प्रमुखको जिम्मेवारी सम्हाल्न गएका डा टोकराज पाण्डे अर्थ मन्त्रालयमै फर्किएका छन् । उनलाई मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिँइएको छ । यस्तै भन्सार विभागबाट सरुवा भएर सरुवा उल्टाउन सफल उपमहानिर्देशक शेवन्तक पोखरेल डा पाण्डेको ठाउँमा पुगेका छन्। पोखरेलको ठाउँमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेयलाई पठाइएको छ ।

बिज्ञापन

अर्थका अर्काे सहसचिव महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखातिर पुगेका छन् भने दिर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा थन्काइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

झापामा मनसुनजन्य जलप्रकोप न्यूनीकरणका लागि संयुक्त अभ्यास सम्पन्न

भ्रष्टाचार मुद्धा चलेपछि स्वत: निलम्बनमा परे सहसचिव र उपसचिव

बैंकका पाँच कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

पतञ्जलीको जग्गा प्रकरण : खरिदारदेखि पूर्व मुख्यसचिवसम्म प्रतिवादी (नामसहित)

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर,सांसद पद स्वत निलम्बन

२३ जना नासुको सरुवा : ६ लाई काज,२ को गृहमा इन्ट्री

बिशेष