समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

काठमाडौं । कर्मचारी प्रेस डट कममा समाचार प्रकाशन भएपछि मुस्ताङ भन्सार कार्यालयबाट छुटेका दुई मालवाहक गाडीलाई पुनः नियन्त्रणमा लिएर १४ लाख रुपैयाँ जरिवाना असुल गरिएको स्रोतले जनाएको छ।

बिज्ञापन

भन्सार विभाग स्रोतका अनुसार एउटा गाडीलाई ८ लाख रुपैयाँ र अर्को गाडीलाई ६ लाख रुपैयाँ गरी कुल १४ लाख रुपैयाँ जरिवाना तिराइएको हो। स्रोतका अनुसार शनिबार राति करिब ८:३० बजे समाचार सार्वजनिक भएलगत्तै भन्सार विभागका महानिर्देशक यामलाल भुसालले तत्काल चासो देखाउँदै मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडाललाई सम्पर्क गरी सम्बन्धित गाडीहरू नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

बिज्ञापन

स्रोतका अनुसार प्रारम्भिक जाँचका क्रममा गाडीहरू छुटिसकेका थिए। तर समाचार सार्वजनिक भएपछि भन्सार कर्मचारी र सशस्त्र प्रहरीको संयुक्त पुनः परीक्षणमा घोषणापत्रमा उल्लेख गरिएको परिमाण (क्वान्टिटी) र वास्तविक मालवस्तुबीच फरक भेटिएपछि थप कारबाही अघि बढाइएको हो।

उक्त फरकका आधारमा ‘छुट असुल’ शीर्षकमा जरिवाना असुल गरिएको स्रोतको दाबी छ। यसका लागि छुट्टै प्रक्रिया अपनाई सम्बन्धित पक्षबाट रकम असुल गरिएको बताइएको छ।

बिज्ञापन

यद्यपि, प्रारम्भिक जाँचका क्रममा क्वान्टिटीमा भएको फरक पत्ता लगाउन नसक्ने जाँचकी वा संलग्न कर्मचारीमाथि भने हालसम्म कुनै कारबाही नभएको स्रोतले जनाएको छ। यसले भन्सारको जाँच प्रणालीमाथि नै प्रश्न उठाएको छ।

स्रोतका अनुसार उक्त मालवस्तु सिन्धुपाल्चोकका सन्तोष पराजुलीसँग सम्बन्धित रहेको बताइएको छ। मुस्ताङ भन्सार क्षेत्रमा उनको प्रभाव रहेको र आयात–निकासीका गतिविधिमा एकलौटी रूपमा सक्रिय रहेको दाबी पनि स्रोतले गरेको छ।

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

बिशेष