ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

काठमाडौं । संगठन तथा व्यवस्थापन (ओएन्डएम) पुनर्संरचनाको काम टुंग्याउन बाँकी रहेका मन्त्रालयमध्ये परराष्ट्र मन्त्रालयले कर्मचारी दरबन्दी र संगठनात्मक संरचना कटौती गर्न अस्वीकार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दरबन्दी घटाएर संगठन चुस्त बनाउन दिएको निर्देशनविपरीत मन्त्रालयले विद्यमान संरचना जोगाउने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ।

बिज्ञापन

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावास तथा अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेन्दुस्थित महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरिसकेको छ। ती नियोग खारेज भएपछि सम्बन्धित दरबन्दी पनि कटौती गर्नुपर्ने प्रधानमन्त्री कार्यालयको निर्देशन रहे पनि परराष्ट्र मन्त्रालयले ती कर्मचारीलाई अन्य नियोगमा समायोजन गर्ने प्रस्ताव गरेको छ।

बिज्ञापन

मन्त्रालयले विदेशस्थित नियोगमा प्रशासन सेवाबाट खटाइँदै आएका महावाणिज्यदूत, श्रम सहचारीलगायतका पदमा समेत परराष्ट्र सेवाकै कर्मचारी पठाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार यस्तो प्रस्ताव स्वीकृत हुने सम्भावना न्यून छ, किनकि यसले अन्तरसेवा सन्तुलनसमेत प्रभावित पार्न सक्छ।

संगठनात्मक संरचनामा पनि परराष्ट्र मन्त्रालय लचक देखिएको छैन। हाल कायम रहेका १५ वटा महाशाखालाई ११ वटामा सीमित गर्न प्रधानमन्त्री कार्यालयले सुझाव दिएको भए पनि मन्त्रालयले सबै महाशाखा यथावत् राख्ने अडान लिएको स्रोतको भनाइ छ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयले दुई वर्षअघि थप गरिएका केही सहसचिवसहितका दरबन्दी आवश्यकताभन्दा बढी रहेको निष्कर्ष निकालेको छ। त्यसबेला ११ सहसचिवको नयाँ दरबन्दी सिर्जना गर्दा निश्चित व्यक्तिलाई लक्षित गरिएको भन्दै व्यापक आलोचना भएको थियो। अहिले पुनर्संरचनाको क्रममा ती दरबन्दी हटाउने प्रस्ताव भए पनि परराष्ट्र मन्त्रालयले त्यसमा सहमति जनाएको छैन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

सरकारको चार महिना : २६ सचिव,८६ सह सचिवको सरुवा

बिशेष